2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हुनेखाने यसरि बने सुकुम्बासी

साउन २५, नवलपरासी । वर्षा भयो कि मध्यविन्दु नगरपालिका ७ का पूर्णबहादुर बोहरा झस्किन्छन्। 

११ वर्षअघि नारायणीले घरबारी बगाएर सुकुम्बासी बनाएको पीडाले उनका आ“खा रसाउ“छन्। साबिकको कोल्हुवा ७ मा रहेको ३ बिघा उनको जमिन २०६३ भदौ ११ को बाढीले बगाएस“गै उनी सुकुम्बासी बने ।

२ छोरा र २ छोरीसहितको परिवार खेती किसानीबाटै पालिएको थियो। एकाएक भदौर भेलले उनीहरूलाई १० धुर जमिनमा सीमित बनायो। त्यसमै बोहोरा परिवारको जीवन चलिरहेको छ । 

३ बिघामा गरेको उखु खेतीबाट उनले वर्षमा ४ लाखसम्म आम्दानी गर्दै आएका थिए । अहिले दैनिकी चलाउनै मुस्किल भएको छ । ‘गाउ“मा हुनेखानेमै गनिन्थ्यौं । अहिले आएर सुकुम्बासी भइयो,’ उनले भने।

 विस्थापित भएपछि उनी जस्ता धेरको जीवनयापनमा समस्या छ । त्यो बाढीले यहा“का २५ परिवारलाई सुकुम्बासी बनायो। बाढीले घरबारविहीन भएकालाई आवासको प्रबन्ध त परै जाओस्, राज्यले क्षतिपूर्तिसम्म दिएको छैन ।

अहिलेसम्म पुर्जा नपाउ“दा धितो राखेर सामान्य व्यवसाय तथा छोराछोरीको पढाइ खर्च जुटाउन नपाउ“दा जीवन कष्टकर बनेको स्थानीय देवकी क्षत्री बताउ“छिन् । नारायणीले २०५७ मा विस्थापित बनेकाहरू राहत र क्षतिपूर्तिका लागि अझै सरकारी निकाय धाइरहेका छन्।

उनीहरूले आफू बसोबास गर्दै आएको जंगलछेउको जमिनको पुर्जा तथा क्षतिपूर्तिको माग गरका छन् । बाढीबाट विस्थापित परिवारलाई तत्कालीन समयमा प्रतिपरिवार १० धुरका दरले जग्गा उपलब्ध गराइए पनि अहिलेसम्म त्यसको लालपुर्जा दिइएको छैन । 

२०५७ मा नारायणीमा आएको बाढीबाट विस्थापित भएकामध्ये अहिले १४० परिवार मध्यविन्दु नगरपालिका तम्सरियामा बस्दै आएका छन्। जिल्लामा करिब हजार बढी बाढीपीडित रहेको भूमि अधिकार मञ्चको तथ्यांक छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ