पढ्न करिब 2 मिनेट लाग्छ

साउन २५, नवलपरासी । वर्षा भयो कि मध्यविन्दु नगरपालिका ७ का पूर्णबहादुर बोहरा झस्किन्छन्।

११ वर्षअघि नारायणीले घरबारी बगाएर सुकुम्बासी बनाएको पीडाले उनका आ“खा रसाउ“छन्। साबिकको कोल्हुवा ७ मा रहेको ३ बिघा उनको जमिन २०६३ भदौ ११ को बाढीले बगाएस“गै उनी सुकुम्बासी बने ।

२ छोरा र २ छोरीसहितको परिवार खेती किसानीबाटै पालिएको थियो। एकाएक भदौर भेलले उनीहरूलाई १० धुर जमिनमा सीमित बनायो। त्यसमै बोहोरा परिवारको जीवन चलिरहेको छ ।

३ बिघामा गरेको उखु खेतीबाट उनले वर्षमा ४ लाखसम्म आम्दानी गर्दै आएका थिए । अहिले दैनिकी चलाउनै मुस्किल भएको छ । ‘गाउ“मा हुनेखानेमै गनिन्थ्यौं । अहिले आएर सुकुम्बासी भइयो,’ उनले भने।

विस्थापित भएपछि उनी जस्ता धेरको जीवनयापनमा समस्या छ । त्यो बाढीले यहा“का २५ परिवारलाई सुकुम्बासी बनायो। बाढीले घरबारविहीन भएकालाई आवासको प्रबन्ध त परै जाओस्, राज्यले क्षतिपूर्तिसम्म दिएको छैन ।

अहिलेसम्म पुर्जा नपाउ“दा धितो राखेर सामान्य व्यवसाय तथा छोराछोरीको पढाइ खर्च जुटाउन नपाउ“दा जीवन कष्टकर बनेको स्थानीय देवकी क्षत्री बताउ“छिन् । नारायणीले २०५७ मा विस्थापित बनेकाहरू राहत र क्षतिपूर्तिका लागि अझै सरकारी निकाय धाइरहेका छन्।

उनीहरूले आफू बसोबास गर्दै आएको जंगलछेउको जमिनको पुर्जा तथा क्षतिपूर्तिको माग गरका छन् । बाढीबाट विस्थापित परिवारलाई तत्कालीन समयमा प्रतिपरिवार १० धुरका दरले जग्गा उपलब्ध गराइए पनि अहिलेसम्म त्यसको लालपुर्जा दिइएको छैन ।

२०५७ मा नारायणीमा आएको बाढीबाट विस्थापित भएकामध्ये अहिले १४० परिवार मध्यविन्दु नगरपालिका तम्सरियामा बस्दै आएका छन्। जिल्लामा करिब हजार बढी बाढीपीडित रहेको भूमि अधिकार मञ्चको तथ्यांक छ । -कान्तिपुर दैनिक