१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे

२६ श्रावण २०७४, बिहीबार ०२:०७


साउन २६, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । 

५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् ।

तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो । तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ । माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए ।’

नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो । तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन् । माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए । यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ ।

गाउँपालिका कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए । ‘ठेक्का लगाउनका लागि पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते