२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब ५ करोड ७५ लाख

२०७४, २७ श्रावण शुक्रबार ०१:१९


साउन २७, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको तलबका लागि २ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । महानगरपालिकाको प्रथम नगरसभाले जनप्रतिनिधिहरुलाई चालू आर्थिक वर्ष २०७४/७५ को तलब बाँड्नका लागि बजेटको व्यवस्था गरेको हो ।

 महानगरपालिकाले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई दिइने तलब र भत्ता रकमको सिलिङ तोकिएपनि जनप्रतिनिधिले पाउने तलब भने कानुन नबनेका कारण नतोकिएको महानगरपले जनाएको छ ।

नगरसभाबाट जनप्रतिनिधिको एक वर्षको तलब, भत्ता र विभिन्न सुविधाका लागि एकमुष्ट रुपमा ५ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिएको हो ।

महानगरपालिकाको ‘आर्थिक वर्ष २०७४/७५ को बजेट तथा कार्यक्रम’मा कर्मचारीका साथै जनप्रतिनिधिहरुलका लागिसमेत तलब, भत्ता र सुविधाबापत बजेट व्यवस्था गरिएको छ ।

जसमा जनप्रतिनिधिहरु तलबको अतिरिक्त परिवहन सुविधा र विविध खर्चका लागि ३ करोड १० लाख, टेलिफोन सुविधाका लागि १० लाख, उपचार खर्चका लागि २० लाख र पोसाकका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

महाननगरपालिकाको प्रमुखमा निर्वाचित हुनासाथ आफ्नै (जनप्रतिनिधिका) लागि महँगो मूल्य पर्ने स्मार्ट मोबाइल खरिद गर्ने निर्णय गरेर विवादमा आएका थिए । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ