साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूल"/>

2026-07-24 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोल्न सकेनन् डा.केसी


साउन ३०, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूलाई भेटन आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् ।

पौडेलसंग थोरै बोल्ने प्रयास गर्नासाथ केसीको सास बढ्यो, मुटुको चाल एक्कासी प्रतिमिनेट दुई सयभन्दा बढी भयो, अनि वार्तालापै रोक्नुपर्‍यो । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ फर्काएका थिए

‘उहाँ बसेर विस्तारै कुरा गर्न थाल्दासमेत मुटुको चाल १८० देखि २०० प्रतिमिनेट सम्म पुग्छ’ त्रिवि शिक्षण अस्पतालका आइसियु इन्चार्ज डा.सुभास आचार्यले भने, ‘शरीरमा भएको इलेक्ट्रोलाइटअन्तर्गत पोटासियम र म्याग्नेसियम कम भएर मुटुको चालमा घटबढ हुनेगरी यस्तो असर परेको हो ।’

एक्कासी मुटुको चाल घटबढ भएर नियन्त्रणमा नआए बेहोस हुने र मृत्युसमेत हुन सक्ने जोखिम रहेको औंल्याउँदै डा.आचार्यले भने, ‘यस्तो अवस्थामा हृदयाघात, एक्कासी मुटु बन्द हुने, होस हराउने, रक्तचाप कम हुने र अन्तत: मृत्युसमेत हुन सक्ने जोखिम छ ।’

डा. केसीको अवस्था कुनै पनि बेला गम्भीर हुन सक्ने चेतावनी दिंदै विशेषज्ञहरूले मेडिकल टोलीले समयमै उनलाई सहायक उपचार दिन नपाए अवस्था गम्भिर हुन सक्ने बताउछन् ।

‘उहाँ (केसी) आफनो चेतना भएसम्म उपचार गर्न मान्नु हुन्न’ डा.आचार्यले भने, ‘उहाँको चेतना नभएपछि हामीले उपचार गर्न खोजे पनि ढिलो हुन सक्छ, मुटूको चाल गडबड भएर वेहोस भएपछि उपचार गर्न खोजे पनि पूर्व अवस्थामा फर्काउन कठिन हुन सक्छ ।’

चिकित्सकका अनुसार डा. केसीको शरीरमा अनसनको तेस्रो दिनदेखि नै किटोनको स्तर बढेको छ । एउटा सकारात्मक कुरा के छ भने केसीको शरीरमा अम्लीयता धेरै बढन पाएको छैन । अम्लीयता बढे शरीरमा थप नकारात्मक असर पर्छ ।

वार्ता भएन

डा.केसी र सरकारबीच आमरण अनसनको २१ औं दिन आइतवारसमेत वार्ता भएन । सरकारले १८ दिनअघि डा.केसीका माग सम्वोधन गर्न वार्ता समिति बनाए पनि हालसम्म ठोस छलफल अघि बढ्न सकेको छैन ।

संसदमा रहेको चिकित्सा शिक्षा ऐन संशोधन विधेयकको विषयमा सरकारसंग सहमती हुन नसकेकाले आइतवार दुवै पक्षबीच वार्ता नभएको डा.केसीका प्रतिनिधि डा.वाईपी सिंहले जानकारी दिए । 

उनका अनुसार डा.केसीका मागको एक नम्वर बुँदामा सहमती भएपछि मात्र थप वार्ता हुनेछ । सरकारी वार्ता टोली गैरजिम्मेवार भएकाले ठोस छलफल अघि बढ्न नसकेको आरोप डा.केसीका अर्का प्रतिनिधि डा.अभिषेक राज सिंहले लगाए । 

उनले डा.केसीको स्वास्थ्य स्थिति जटिल बन्न लाग्दासमेत सरकारी पक्ष संवेदनशील नभएको गुनासो गरे ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक