२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमद्वारा मूल्य नभन्न भन्दै जग्गाधनीलाई धम्की !

२०७४, ३१ श्रावण मंगलवार ०१:०६

साउन ३१, काठमाडौं | नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । 

चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रूपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्।

निगमले झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई अतिरिक्त रकम दिएर दोब्बर भन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ। कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने शर्तमा राज्यकोषको लाखौ रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गा धनीलाई चुप बस्न भनेका छन्।

सरकारी मूल्याङ्कन वा चलनचल्तीको भाउ भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भउको देखाएर करोडौं रकम घोटाला भएको आरोप खेपिरहेका आयल निगम नेतृत्वले जग्गाधनीको मुख थुन्न राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो। जग्गा बिक्री गर्दा त्यसरी अतिरिक्त पैसा बुझेकै कारण जग्गा धनी मौन बसेका छन्। केहीले भने लामो अनुरोध पछि कुरा खोलेका छन्। – यो खबर नागरिकमा राजु अधिकारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो