साउन ३१, काठमाडौं । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौं । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ "/>

2026-09-22 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत


साउन ३१, काठमाडौं । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको छ। 

प्रभावित जिल्लाका दैवीप्रकोप समितिबाट माग नआएको भन्दै मन्त्रालयले राहत प्याकेज विभिन्न स्थानमा रहेका खाद्य संस्थान र साल्ट ट्रेडिङका गोदाममा थन्क्याएको हो। ‘बाढीपीडितलाई तत्कालै राहत सामग्री उपलब्ध गराउन आइतबार नै प्याकेज तयार गर्‍यौं तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै आएन,’ मन्त्रालयका सचिव प्रेम राईले भने।

सचिव राईका अनुसार मन्त्रालयले बाढीबाट प्रभावित ५० हजार परिवारलाई वितरण गर्न चामल, सिमी दाल, नुन र खानेतेलसहितको ‘राहत प्याकेज’ बनाएको छ। मन्त्रालयले प्रत्येक परिवारका लागि ३० किलो चामल, दुई किलो कर्णालीको सिमी दाल, एक किलो नुन र एक लिटर खानेतेलको प्याकेज तयारी अवस्थामा राखेको हो। ‘५० हजार पीडित परिवारका लागि राहत सामग्री तयारी अवस्थामा राखेका छौं, माग आउनेबित्तिकै परिचालन गर्छौं’, सचिव राईले सोमबार अन्नपूर्णसँग भने।

बाढीका कारण तराईका १८ सहित २२ जिल्लाका सर्वसाधारण तत्कालीन राहत सामग्रीको पर्र्खाइमा छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारले बाढी प्रभावित जिल्लाको दैवीप्रकोप समितिबाट द्रुतगतिमा माग नआउँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन ढिलाइ भएको जानकारी दिए। ‘जे-जति परिमाणमा राहत सामग्री तयार भएको थियो, त्यो तत्कालै वितरणका लागि परिचालन हुनुपर्ने थियो।

म आफैँ विराटनगरलगायत क्षेत्रका पीडितको घरदैलोमा पुगेर राहत सामग्री छिटो उपलब्ध गराउने आश्वासन दिएको छु। आफैँ पुगेको स्थानमा दैवीप्रकोप समितिलाई परिचालन गरी राहत वितरण गर्न लगाएको छु तर तयारी अवस्थामा रहेको राहत प्याकेज वितरणका विषयमा दैवीप्रकोप समितिबाट माग नै नआएको जानकारीमा आएको छ।’

मन्त्री मण्डलका अनुसार आपूर्ति मन्त्रालयले साल्ट टे«डिङ कर्पोरेसन र खाद्य संस्थानको सहयोगमा राहत सामग्रीको प्याकेज तयार गरेको हो। ‘हामीले आवश्यकताका आधारमा सुक्खा खाद्यान्नको रूपमा च्युरा, दालमोठ र चाउचाउको व्यवस्था गरी गृह मन्त्रालयमार्फत पीडितसम्म पुर्‍याउने व्यवस्था पनि गरेका छौं’, मन्त्री मण्डलले भने।

मन्त्रालयका अनुसार दाल र चामलको प्याकेज तयार गरी नेपाल खाद्य संस्थानको विर्तामोड, विराटनगर, लहान, राजविराज, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र सुर्खेतको कार्यालयमा तयारी अवस्थामा राखिएको छ। संस्थानको थापाथलीस्थित गोदाममा ३४ हजार आठ सय ३४ क्विन्टल, विर्तामोडमा सात हजार आठ सय क्विन्टल, विराटनगरमा चार हजार ७६ क्विन्टल, सिरहाको लहानमा २३ हजार पाँच सय ८६ क्विन्टल र जनकपुरमा तीन हजार तीन सय क्विन्टल चामल मौज्दात राखिएको छ।

यस्तै, पर्साको वीरगन्जमा १२ हजार आठ सय ८८ क्विन्टल, रुपन्देहीको भैरहवामा पाँच हजार सय ९३ क्विन्टल, बाँकेको नेपालगन्जमा आठ सय ८० क्विन्टल, बर्दियाको राजापुर नौ हजार तीन सय ५२ क्विन्टल, कैलालीको धनगढीमा दुई हजार सात सय ५४ क्विन्टल चामल भण्डारण गरी राखिएको छ। संस्थानले काठमाडौंबाट वितरण गर्ने भनेर नौ क्विन्टल कर्णालीको सिमी दाल मौज्दात गरी राखेको छ। दुई किलोका दरले ५० हजार दालको पोका तयारी अवस्थामा छ।

यिनै जिल्लाका साल्ट ट्रेडिङको कार्यालयमा नुन र खानेतेल मौज्दात राखिएको छ। साल्ट ट्रेडिङले वीरगन्जमा एक लिटर दरको ५० हजार परिवारका लागि ५० हजार खानेतेलको पोका तयारी अवस्थामा राखेको छ।

‘जिल्ला दैवीप्रकोप समितिको मागअनुसार मौज्दात गरिएका स्थानबाट तत्कालै उपलब्ध गराउन निर्देशन दिएको छु’, मन्त्री मण्डलले भने, ‘बाढीबाट पीडित परिवारलाई उपलब्ध गराइने राहतबापतको रकम मन्त्रिपरिषद्को बैठकबाट माग गर्ने पनि निर्णय गरेका छौं।’ आपतकालीन अवस्थाका लागि राष्ट्रिय खाद्य सुरक्षा भण्डारण कोषमा २५ हजार र सार्कको फुड बैंकमा आठ हजार क्विन्टल मौज्दात राखिएको छ। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्।

कहाँ कति छ राहत ?

थापाथली ३४८३४ क्विन्टल (चामल)

विर्तामोड ७८०० क्विन्टल

विराटनगर ४०७६ क्विन्टल

लहान २३५८६ क्विन्टल

जनकपुर ३३०० क्विन्टल चामल

वीरगन्ज १२८८८ क्विन्टल

भैरहवा ५०९३ क्विन्टल

नेपालगन्जमा ८८० क्विन्टल

राजापुर ९३५२ क्विन्टल

धनगढी २७५४ क्विन्टल

काठमाडौं ९ क्विन्टल (कर्णालीको सिमी दाल)

वीरगन्ज ५० हजार पोका नुन र तेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ?