२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या

२०७४, ३२ श्रावण बुधबार ०१:३५


साउन ३२, जनकपुर । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । 

जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको हो। साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्।

मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए। पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

पुष्पाले प्रहरीलाई बताए अनुसार आफू पसलबाट फर्केर आउने बेलामा दिदी जोडजोडले कराएको सुनेकी थिइन्। उनलाई दिदीलाई बिजुलीमा करेन्ट लाग्यो कि भन्ने आशंका लागेको बताइन्। उनी आत्तिदै आफ्नो छिमेकीलाई सहयोगको लागि गुहार गर्दै कराइन्। एकछिनमै छिमेकीहरु जम्मा भएर घरभित्र पस्दा महतोले विविकाको घाँटी थिचेर हत्या गरी काठको खाली बाकसमा शव राखिसकेका थिए। महतोलाई

स्थानीयहरुले कुटपिट गर्दै समाते र विविकालाई उपचारको लागि जनकपुर अंचल अस्पताल पुर्याए तर, अस्पताल पुग्दासम्म उनको उपचारमा ढिलो भइसकेको थियो । महतोलाई स्थानीयहरुले कुटपिट गरेको हुंदा उनलाई प्रहरीले नियन्त्रणमा लिएर हाल उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गराएको छ।

एकछिन् अगाडि दिदिसँग खेल्दै गर्दा केही बेरमै उनको मृत्यु भएको देखकी पुष्पमा बोल्नै नसक्ने भएकी छिन्। उनी अहिले पनि दिदी बितेको कुरा मान्न सकेकी छैनन्। हाल विविकाको शव परिक्षणको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ। -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ