Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिविमा पञ्चायतदेखिको १३ अर्ब ८ करोड बेरुजु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ ।

त्रिविमा पञ्चायतकालदेखिको बजेट फछ्र्योट नहुँदा आर्थिक वर्ष ०७३–७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । त्रिविले बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फछ्र्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३–७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए । त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो । आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ ।

केही वर्षयता त्रिविले बेरुजु फछ्र्योटको प्रयास गरेको छ । बेरुजु फछ्र्योट तथा अनुगमन समितिको तथ्यांकअनुसार आव ०७२–७३ मा कुल १२ अर्ब ५७ करोज ३० लाख ५० हजार रुपैयाँ बेरुजु रहेको थियो ।

गत आवमा एक अर्ब ५९ करोड ३० लाख ५८ हजार फछ्र्योट भएको थियो । सो आवसम्मको बाँकी १० अर्ब ५७ करोड ९९ लाख ९२ हजार रहेकामा ४३ करोड ८७ लाख ९१ हजार संपरीक्षणका क्रममा रहेको त्रिविले जनाएको छ ।

०७३–७४ मा पुनः बेरुजु दुई अर्ब १० करोड ३९ लाख ४१ हजार थप भई १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको हो । त्रिविले आव ०७२–७३ मा पेस्की फछ्र्योटतर्फ २७ करोड तीन लाख ४७ हजार दुई सय २८ रुपैयाँ असुलउपर गरेको थियो । त्रिविले अब बेरुजु र पेस्कीको मात्रा न्यून गर्नेसमेत जनाएको छ । -नयाँ पत्रिका दैनिक