एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य: प्रचण्ड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

भदौ ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन 'ध्वस्त पार्न' सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।

एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी आन्दोलन र पार्टीकै भविष्य जोखिममा पर्ने बताए। एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीतिअन्तर्गत कांग्रेससँग सहकार्य गरेको उनले बताए।

'एमालेमा अहिले राष्ट्रवादको नाममा दम्भ र अहंकार बढेको छ। त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ,' दाहालले पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै भने, 'एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि हामीले ऊसँगको सहकार्य तोडेका हौं।'

संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेको माओवादीले गत वर्ष साउनमा एमालेसँग सहकार्य तोडेको थियो। 'एमाले हामीलाई कर्नरमा पार्न चाहन्छ। लेफ्ट-लेफ्ट एउटै तरबारमा हिँड्न सक्दैनन्, त्यसकारण ओलीजीलाई कमल थापा, विजय गच्छदार अति प्रिय लाग्छन्', उनले भने, 'एमाले माओवादीलाई जताबाट भए पनि सिध्याउन चाहन्छ। त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन।' दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले भने, 'अहिले एमालेले हामीलाई डाइजेस्ट गर्न खोजेको छ।'

दाहालले माओवादीलाई सिध्याउनकै लागि एमाले नेतृत्वले आफ्नो पार्टीभित्रकै शीर्ष नेतालाई उचाल्ने र कमजोर बनाई माओवादीलाई फाइदा हुनै नदिनेसम्मका काम गरेको आरोप लगाए। 'खासमा एमाले माओवादीलाई अलग-अलग फुटाएर एउटा समूहलाई नजिक ल्याउन चाहन्छ,' दाहालले भने।

ओली नेतृत्वको सरकारसँग सम्बन्धविच्छेद गर्न एमालेकै नेताहरूको साथ रहेको दाबीसमेत उनले गरे। 'केपी ओलीलाई छाडेर म प्रधानमन्त्री बन्ने कुरा हाम्रो बलले मात्र सम्भव भएको होइन। एमालेभित्रको एउटा धारले सहयोग गरेका कारण सम्भव भएको हो,' उनले भने, 'मलाई लगातार उहाँहरूले तपाईं छाड्नुहोस्, केपी ओलीजस्तो मान्छेलाई किन प्रधानमन्त्री बनाइरहनुभएको छ भनिरहनुभयो। अहिले पनि केपीलाई फाइदा हुने गरी केही नहोस् भन्ने चाहना राख्ने नेता एमालेभित्र छन्। त्यो पक्षलाई बढावा दिँदा मात्र हामीलाई फाइदा हुन्छ।'

'ओली लोकमानलाई बचाउन चाहन्थे'

दाहालले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन्। सुरुमा आफूले कारबाहीको प्रस्ताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको प्रसंग सुनाउँदै दाहालले पछि बाध्य भएर कारबाही गर्न तयार भएको बताए।

'लोकमानलाई बचाउने काम सुरुमा केपी ओलीले नै गरेका हुन्। यो मान्छेले धेरै चिज बिगार्ने भयो। हामी पावरमा भएका बेला कारबाही गरौं भनेर तीनपटक प्रस्ताव लगेँ तर उनले कारबाही गर्न ध्यानै दिएनन्,' दाहालले भने, 'बरु उल्टै म प्रधानमन्त्री भएका बेला उनीहरूले नै प्रचण्डलाई कारबाही गर्, तेरो रक्षा गर्छौं भनेर लोकमानलाई उचाले।'

दाहालले एमाले नेतामा बाहिर भन्ने र भित्र गर्ने दुईखाले चरित्र रहेको आरोप लगाए। उनले एमालेलाई आफूले कहिल्यै ठूलो नदेखेको पनि बताए। 'एमाले र हाम्रोबीचमा लडाइँ ठूलो छ। संगठन उनीहरूले बनाए। एनजीओ/आईएनजीओ धेरै छन्। झन्डै ३०/३५ वर्षदेखि चुनावी राजनीतिमा लागेका छन्। हामी चुनावी राजनीतिमा नयाँ पर्‍यौं,' दाहालले भने, 'उनीहरूसँग चुनावी नेटवर्क छ, पैसा छ। त्यसैले उनीहरू ठान्छन्, यहाँको सबै हाम्रो हो तर हामी उनीहरूलाई भुसुना पनि मान्दैनौं।'

दाहालले राजनीतिक परिवर्तनमा एमालेले झिँगासम्म पार्न नसकेको तर्क गर्दै उसले आफूहरूलाई टेरेर जानुपर्ने तर्क गरे। 'एमालेले गरेको के छ ? एउटा झिंगासम्म मारेको छैन। एमालेले गर्दा देशमा यो राजनीतिक परिवर्तन भयो भन्ने केही छैन। भनेपछि हामीले एमालेलाई ठूलो किन देख्ने ? मै त देख्दै देख्दिनँ,' उनले भने।

एमाले-माओवादी सम्बन्ध अहिलेकै अवस्थामा लामो समय नरहने दाबी पनि उनले गरे। 'यसरी धेरै दिन चल्दैन। या त माओवादीले उनीहरूलाई आफूभित्र समाहित गर्नुपर्छ या उनीहरूले हामीलाई लान्छन्, हाम्रो विघटन हुन्छ। हामी विघटनको अवस्थामा पुग्नु भएन।'

कांग्रेससँगको अहिलेको सहकार्यको रणनीतिक अर्थ रहेको बताए। 'शान्तिप्रक्रिया टुंगिन हुँदैन भन्ने एमालेको चाहना छ। त्यो टुंगिएन भने कांग्रेसलाई पनि ठीक गर्न सकिन्छ, माओवादीलाई ठीक पार्न सकिन्छ भन्ने सोचाइ उसको छ। अर्को तिर शान्तिप्रक्रिया, विस्तृत शान्ति-सम्झौता मुख्य रूपमा कांग्रेस नेतृत्वसँग भएको हो। अब शान्तिप्रक्रिया टुंग्याउने बेला छ। हामी अर्काेतिर लाग्यौं भने शान्तिप्रक्रिया टुंगिँदैन।' -अन्नपूर्ण पोष्ट दैनिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply