पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ४, काठमाडौँ । साइप्रस प्रहरीले टोकरपुर ८, रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाई प्रहरीले मगरको मृत्युबार जानकारी गराएको हो । गत अगस्ट ७ मा यमुना एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परकी थिइन् । अस्पताल पु¥याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो ।

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्त गरिसकेकी छन् । वकिलले दूतावासको सम्पर्कमा

रहेर काम अगाडि बढाइसकेको जनाइएको छ । -कान्तिपुर दैनिक