2026-09-19 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरियो, लोडसेडिङ हुँदा पनि झिलिमिली


भदौ ६, नवलपरासी । हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् । 

हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ । अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती जाँदैन । टुकीको भरमा रहेको दुर्गम बस्ती हावाबाट बिजुली निकालेपछि झिलिमिली बनेको हो । 

केही वर्ष पहिलेसम्म दिनभर हावा चल्दा दिक्दार मान्ने हुरहुरेका स्थानीयलाई हाल त्यही वरदान सावित भएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपलिकाको नीति तथा कार्यक्रममा ‘उज्यालो हुप्सेकोट’ कार्यक्रममार्फत थप बिजुली निकालेर स्थानीयलाई वितरण गर्ने जनाइन् । 

यहाँका ५८ घरपरिवारले बिजुली प्रयोग गर्दै आएकामा अन्यलाई समेत सुविधा दिने उनले बताइन् । हुरहुरे डाँडामा जडिएका पंखाबाट १० किलोवाट बिजुली निस्केसँगै सौर्य ऊर्जाबाट उत्पादन भएको दुई किलोवाट बिजुली पनि जोडिएको छ । 

त्यसलाई हरेक घरमा बाँडिएको छ । अहिले चारवटा बत्ती बाल्दा एउटा घरमा २० वाट बिजुली मात्रै खपत भएको छ । यसका लागि वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा केन्द्र स्थापना गरीदिएको हो । 

हावाबाट बिजुली निस्कने कुरालाई सुरुमा स्थानीयले विश्वास गरेका थिएनन् । ‘हावाबाट बिजुली निकाल्ने सुन्दा सुरुमा हाँसो बन्यो,’ स्थानीय गमबहादुर रानाले भने, ‘यही हावाले लोडसेडिङ नै नहुने राष्ट्रिय प्रसारण लाइनको भन्दा पनि भरपर्दो बिजुली दिएको छ ।’ 

गाउँलेले न्यूनतम शुल्क तिरेर मर्मत सम्भार र दिगो सञ्चालनका लागि कोषसमेत खडा गरेका छन् । हावा नचलेका बेला घामबाट र घाम नलागेका बेलामा हावाबाट बिजुली निस्कने हुँदा सहज भएको स्थानीय बताउँछन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा