भदौ ६, काठमाडौं । खाडी मुलुकका ६ देश र मलेसिया जाने कामदारलाई बढीमा १० हजार रुपैयाँ मात्र लिन पाउने सरकारी व्यवस्थाको धज्जी उडाउँदै कतार जाने कामदारलाई काठमाडौंको बसुन्धरास्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, काठमाडौं । खाडी मुलुकका ६ देश र मलेसिया जाने कामदारलाई बढीमा १० हजार रुपैयाँ मात्र लिन पाउने सरकारी व्यवस्थाको धज्जी उडाउँदै कतार जाने कामदारलाई काठमाडौंको बसुन्धरास्थ"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जाने कामदारसँग बढी रकम अशुल्ने म्यानपावरका प्रतिनिधि रंगेहात पक्राउ

२०७४, ६ भाद्र मंगलवार ०७:३८

भदौ ६, काठमाडौं । खाडी मुलुकका ६ देश र मलेसिया जाने कामदारलाई बढीमा १० हजार रुपैयाँ मात्र लिन पाउने सरकारी व्यवस्थाको धज्जी उडाउँदै कतार जाने कामदारलाई काठमाडौंको बसुन्धरास्थित नीड इम्प्लोईमेन्ट सर्भिस प्रालिले १ लाख २० हजार रुपैयाँ असुलीरहेको बेला म्यानपावरका प्रतिनिधि रंगेहात पक्राउ परेका छन् । 

वैदेशिक रोजगार विभागले अनुगमन गर्ने क्रममा सोमबार उक्त म्यानपावरको कार्यालयबाटै म्यानपावरको एजेन्ट सुमीना गुरुङलाई रंगेहात पक्राउ गरेको हो ।  

रोजगारीका लागि कतार जान उक्त म्यानपावरमा एक युवा (नाम गोप्य राख्नुपर्ने भएकोले उल्लेख गर्न असमर्थ छौँ)लाई भिसा आइसकेपछि १ लाख २० हजार म्यानपावरले माग गरेपछि विभागसमक्ष ति युवकले दिएको सूचनाको आधारमा रंगेहात पक्राउ गर्न सफल भएको विभागका प्रबक्ता मोहन अधिकारीले प्रभावलाई जानकारी दिए ।

यसरी बारम्बार कानूनको बर्खिलापमा भएका गतिबिधिहरुबिरुद्ध विभागले समय–समयमा अनुगमन गरेको भए पनि वैदेशिक रोजगार ऐन २०६४ मा दण्ड कसूरको व्यवस्था फितलो भएको कारणले पिडकले उन्मुक्ति पाउने गरेको प्रवक्ता अधिकारी बताउँछन् । वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ को कसूर र दण्ड सजायको व्यवस्थाअन्तर्गत दफा ४३ देखि दफा ५९ सम्म दण्ड सजायको बारेमा उल्लेख छ ।

यसरी तोकिएको रकम भन्दा बढी रकम असुल्नेबिरुद्धको सजायको दफा ५३ ले प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा हुने सजायको व्यवस्थाबारे उल्लेख गरेको छ । उक्त दफा ५३ मा ‘कुनै इजाजतपत्रवालाले निःशुल्क प्रवेशाज्ञा प्राप्त भएकोमा सो बापतको शुल्क लिएमा वा तोकिएभन्दा बढी शुल्क वा खर्च लिएमा सो नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई त्यस्तो इजाजपत्रवालालाई एक लाख रुपैयाँ जरिवाना गर्नेछ ।’

त्यस्तै दफा ५४ मा सोही प्रकारको कसूर दोहो¥याएमा इजाजतपत्र नै रद्द गर्ने पनि उल्लेख गरेको छ । यसै सन्दर्भमा नीड म्यापावरका सञ्चालक तेजेन्द्रनाथ श्रेष्ठलाई (९८५१०२०३००)मा सम्पर्क गर्न खोज्दा उनका प्रतिनिधि विज्ञान सिटौलाले कार्यालयमा कोही कसैले पनि छापा/अनुगमन नगरेको कसैलाई पनि पक्राउ नगरेको भन्दै पन्छिएपछि प्रभावले आफ्नो कार्यालय हाताबाट तपाईँकै प्रतिनिध पक्राउ परेको प्रमाण छ भनेपछि सिटौलाले ‘त्यस्तो होईन, तपाईँ को हो ? तपाईँहरुको सवै टीमलाई चिन्छु’ भन्दै घुमाउरो शैलीमा धम्कीको भाषा प्रयोग गरे ।

यसरी पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा बढेको ठगीलाई नियन्त्रण गर्न विभागले विशेष अनुगमन गर्ने संयन्त्र तयार गरेको बताइएको छ । एक हप्ता अघिमात्र वाईड स्पेस म्यानपावर कम्पनीले कामदारसँग बढी रकम लिँदै गर्दा म्यापावरका प्रतिनिधिलाई विभागले रंगेहात पक्राउ गरेको थियो । -प्रभाव राष्ट्रिय दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ