भदौ ८, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका नेपाली समकक्षी शेरबहादुर देउवासँग पूर्वनिर्धारित कार्यक्रमअघि नै बुधबार साँझ भे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका नेपाली समकक्षी शेरबहादुर देउवासँग पूर्वनिर्धारित कार्यक्रमअघि नै बुधबार साँझ भे"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा–मोदी आधा घन्टा वान टु वान वार्तामा के भयो ?

२०७४, ८ भाद्र बिहीबार ०१:५०


भदौ ८, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका नेपाली समकक्षी शेरबहादुर देउवासँग पूर्वनिर्धारित कार्यक्रमअघि नै बुधबार साँझ भेटवार्ता गरे। 

बुधबार नै दिल्ली आएका प्रधानमन्त्री देउवालाई चियापानका लागि सेभेन रेसकोर्सस्थित आफ्नो निवास बोलाएर मोदीले नेपालसँग सम्बन्ध सुधार भएको स्पष्ट सन्देश दिएका छन् । 

राजकीय भ्रमणको कार्यतालिकाबेगर दायाँ–बायाँ भेट्ने चलन प्रायः हुँदैन। ‘सरप्राइज दिने मोदीजीको विशेषता नै हो, अहिले त्यही गर्नुभएको हो,’ उनीबारे जानकार एक भारतीय अधिकारीले भने। प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम थिएन। बरु, उनीहरूबीच बिहीबार तीनपटक भेट्ने कार्यक्रम थियो। 

बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा आयोजना हुने गार्ड अफ अनरमा, ११ बजेदेखि ११: ३० सम्म सीमित अधिकारीसहितको रेस्ट्रिक्टेड मिटिङमा, दुवै पक्षका १५–१५ जना रहने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा र त्यसपछि दिवाभोजमा प्रधानमन्त्रीद्वयको भेटवार्ता तय भएको थियो। तर, बुधबार बिहान मोदीले देउवासँग साँझ एक्लै भेट गर्ने इच्छा गरे। 

र, त्यसअनुसार भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले त्यसको चाँजो मिलाए। ‘दुई प्रधानमन्त्रीहरूबीच बिहीबारको छलफलका लागि सहज हुने गरी वार्मअप मिटिङ भएको हो, यस्तो भेटवार्ताले दई पक्षबीच अड्किएका विषयहरू समाधानका लागि सहयोगी हुने अपेक्षा छ,’ भेटवार्ताबारे नेपाली राजदूत उपाध्यायले भने। उनले मोदीले चियापानका लागि बोलाएका कारण देउवा भेटका लागि गएको बताए।

प्रधानमन्त्रीद्वय देउवा र मोदीबीच साँझ ६ बजे भेटवार्ता भएको थियो। बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायलाई छोेटो सम्बोधन गरेपछि देउवा प्रधानमन्त्रीनिवास सेभेन रेसकोर्स लागेका थिए। भेटलगत्तै मोदीले ट्विट गर्दै देउवालाई स्वागत गरेको औपचारिक जानकारी दिएका थिए। उनले लेखेका छन्, ‘हाम्रो नजिकको र मित्रवत् छिमेकी नेपालका सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु।’

नेपाल–भारत सम्बन्धका जानकार तथा पूर्वराजदूत प्रोफेसर एसडी मुनीले यस्ता भेटवार्तामा परियोजनाका विषयमा छलफल नहुने, तर समसामयिक राजनीतिक विषय र एक–अर्काका उच्च संवेदनशील चासोबारे छलफल हुने चलन रहेको बताए। 

‘उनीहरूबीच के–के छलफल भयो भन्ने कुरा उनीहरूले नभनेसम्म हामीले अड्कलबाजी गर्न मुस्किल छ,’ मुनीले भने, ‘मेरो अड्कलबाजीमा नेपालमा बढिरहेको चीनको प्रभाव र विशेषगरी दोक्लामका विषयमा पक्कै छलफल भएको हुन सक्छ, संविधान संशोधन असफल भएको विषयमा पनि छलफल भएको हुन सक्छ। र, नेपाली भूमि जुनसुकै कारणले भारतविरुद्ध प्रयोग हुन नदिने विश्वसनीय प्रतिबद्धता भारतका तर्फबाट खोजिएको हुनसक्छ।’ 

उनले यी विषय संवेदनशील भएको र हल्का रूपमा हेर्न नहुने पनि बताए। ‘परियोजनाबारे सम्बद्ध अधिकारीले जे सहमति गर्छन्, त्यसलाई सहमति दिने मात्रै हो, एक्लाएक्लै भेटमा राजनीतिक विषयमा नै छलफल हुने हो, सबै विषयमा छलफल भएको हुनसक्छ,’ मुनीले भने।

नेपाल–भारत सम्बन्धका जानकार पूर्व मेजर जनरल अशोक मेहताका अनुसार संविधान जारीपछि प्रधानमन्त्री भएर पहिलोपटक कांग्रेस शीर्ष नेता दिल्ली आएको र कांग्रेसको महत्व दीर्घकालसम्मका लागि रहेको सन्देश मोदीले दिएका हुन्। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ०६३ को जनआन्दोलनपछि दिल्ली आएयता कांग्रेसका प्रधानमन्त्री भारत आएका छैनन्। 

गिरिजाप्रसादपछि प्रधानमन्त्री भएका सुशील कोइराला भारतको राजकीय भ्रमणमा नआई पदबाट हटेका थिए। त्यसपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा भारतको राजकीय भ्रमण गरेका थिए।

‘नेपाली राजनीतिमा कांग्रेसको महत्व अहिले मात्र होइन, संसदीय निर्वाचनपछि पनि छ भन्ने सोच भारत सरकारको हुन सक्छ, त्यहीअनुसार उसले देउवालाई सम्मानमा कमी हुन नदिन र उनको महत्व थप स्थापित गर्न यस्तो भेटवार्ता आयोजना भएको हुन सक्छ,’ जनरल मेहताले भने। उनले सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्री अटलबिहारी बाजपेयीले एक्लाएक्लै वार्ता गरेको र विशेष रात्रिभोज आयोजना गरेको पनि स्मरण गरे।

‘मेरो अनुमानमा नेपालमा भारतको चासोबारे मोदीले आफ्ना चासो राख्नुभयो र देउवाले मोदीलाई त्यसबारे आश्वस्त पार्नुभयो,’ मेहताले भने, ‘आसन्न निर्वाचनका लागि मोदीले सहयोग गर्ने आश्वासन दिनुभएको हुन सक्छ। संसदीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा मोदीले चासो राखेको हुन सक्छ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ