भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प"/>

2026-09-22 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा सुस्ताबासिद्वारा गण्डक बाँध फुटाउने प्रयास जारी

भदौ १०, नवलपरासी | पश्चिम गण्डक नहरको पानीले बस्ती र खेत डुबेर पीडित सुस्ताका बासिन्दाको आक्रोश थामिएको छैन । स्थानीयले दोस्रो पटक शुक्रबार भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् । शुक्रबार दिउँसो सय बढी स्थानीयले सुस्ता गाउँपालिका–१ स्थित नहर खनेका हुन् ।

उनीहरूले बाँध ४ फिट गहिरो र ३ फिट चौडा खनेका थिए । खबरलगत्तै शुक्रबार प्रजिअलगायत सुरक्षा प्रमुख निरीक्षण पुगेका थिए । उनीहरूले समस्या समाधानका लागि पहल गर्ने भन्दै बाँध भत्काउदा नेपाली भूमि डुबानमा पर्ने खतरा भएकाले खन्ने कार्य रोक्न आग्रह गरेका थिए । प्रजिअ उदयबहादुर रानाले दुई मुलुकबीचको सम्झौताअनुसार नहर निर्माण भएकाले यस विषयमा भारतीय पक्षसँग समाधानका लागि पहल गर्ने र केन्द्रमा पनि जानकारी गराएको बताए ।

वर्षापछि नहरमा आएको बाढीले सुस्ता गाउँपालिका–१ र २ डुबान परेको थियो । बर्सेनि समस्या झेल्दा पनि सुनुवाइ नगरिएकाले बाँध भत्काउनुपरेको स्थानीयको भनाइ छ । उनीहरूले बाँध फुटाएर तालिएको पानी निकास गराउने प्रयास गरेका हुन् । नारायणीमा आएको बाढीले साताअघि सुस्ता १, को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर–२ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेको थियो । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु