भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद"/>

2026-09-22 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट


भदौ १०, काठमाडौँ । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा झडप भएको छ । 

पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन शुक्रबार वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडप भएको हो।

वीरगन्जको मेयर उम्मेदवार छनोटका लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर, वीरगन्ज महानगरको मेयर पदका आकांक्षी नेता विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक सुरु नहुदै झडप भएको हो । कार्यकर्ताको झडपले बैठक नै स्थगीत भएको छ।

बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठकमा नाराबाजी गर्दै पुगेका थिए।

बैठक स्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक केही समयका लागि स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले जानकारी दिए। वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचानका निम्ति बैठक बोलाइएको थियो।

राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको छ। उनीहरुका समर्थकले सामाजिक सन्जालमा आ-आफना नेतालाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिकेका छन्।

राजपा गठन गर्नु अघि श्रीवास्तव, तत्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एंव प्रवक्ता थिए। मेयरका अर्का मुख्य आकांक्षी सिंह भने शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का केन्द्रीय महामन्त्री थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु