भदौ १३, काठमाडौँ । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, काठमाडौँ । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले"/>

2026-07-25 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह राज्यमन्त्री आफैं फर्जी नम्बरप्लेटको गाडीमा सरर…


भदौ १३, काठमाडौँ । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् ।

श्रेष्ठले बा १ झ १००९ नं. को ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नं. बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।

रातो–नीलो नम्बर प्लेटको बा १ झ १००९ नं.  को गाडी आफ्नो विभाग मातहतमा दर्ता नै नरहेको जानकारी यातायात व्यवस्था विभाग र साना तथा ठूला सवारी कार्यालयका अधिकारीले दिए । ‘त्यो नं. को रातो–नीलो नम्बर प्लेटको गाडी यातायात कार्यालयमा दर्ता नै छैन’ यातायात कार्यालयका एक अधिकारीले कान्तिपुरसित भने ।

ती अधिकारीका अनुसार बा १ झ १००९ नम्बरको एउटा पुरानो गाडी छ हुलाक विभागको नाममा । ‘एउटै नम्बरका दुइटा गाडी दर्ता हुनै सक्दैनन्’ ती अधिकारीले भने । कानुन पालना गराउनु पर्ने र नक्कली गाडी नियन्त्रण गर्नुपर्ने गृह राज्यमन्त्री श्रेष्ठले फर्जी नम्बरको सवारीमात्र चढेका छैनन् कि उनी या उनको चालकले गाडी चलाएका बेला कसैलाई ठक्कर दिएमा, कुनै गैरकानुनी कार्य गरेमा हुलाक विभागमा दर्ता रहेको गाडीका चालक कानुनी फन्दामा पर्ने चिन्ता यातायात कार्यालयका अधिकारी व्यक्त गर्छन् । 

‘राज्यमन्त्रीको फर्जी नम्बरको गाडी कतै दर्ता छैन, यदि त्यसले ठक्कर दिएमा या अन्य गैरकानुनी कार्य गरेमा वास्तविक नम्बर प्लेटको हुलाक विभागको गाडीको चालक कानुनी फन्दामा पर्नेछन्’ यातायात कार्यालयका अधिकारीले भने ।

कसरी फर्जी नम्बर ?

‘गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा कसरी फर्जी नम्बर राखियो ?’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘मलाई थाहा छैन । मन्त्रालयको व्यवस्थापन महाशाखा हेर्ने सहसचिव हरिशरण पुडासैनीलाई थाहा होला ।’ 

पुडासैनीलाई सोमबार साँझ सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । श्रेष्ठलाई राज्यमन्त्री हुनासाथ रातो नम्बर प्लेटको चमेलियाको बा ६ च १००९ नं. को गाडी चढ्न दिइयो । स्रोतका अनुसार गृह मन्त्रालयले राज्यमन्त्रीले चढ्ने गाडीमा रातो–नीलो नम्बर प्लेट राख्यो, त्यो पनि यातायात कार्यालयको स्वीकृतिबिनै । 

गृह मन्त्रालयले रातो प्लेटको ‘बा ६ च १००९’ को ठाउँमा यातायात कार्यालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा फर्जी सरकारी नम्बर ‘बा १ झ १००९’ राखेर चढ्न दिएको हो । यसअघि चमेलिया आयोजनाको ल्यान्डक्रुजर प्राडो गाडी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालले आफ्नो कार्यकालभर यसरी नै फर्जी नम्बर राखेर चढेका थिए ।

श्रेष्ठले कसरी पाए चमेलियाको गाडी ?

श्रेष्ठ ऊर्जा मन्त्रालय मातहतको गाडी चढ्न पाउने भाग्यमानी गृह राज्यमन्त्री हुन् ।  ऊर्जामन्त्री महेन्द्रबहादुर शाही या विद्युत प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक कुलमान घिसिङमध्ये एकले चमेलियाको गाडी श्रेष्ठलाई चढ्न दिएको जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिए । शाही र श्रेष्ठ एउटै पार्टीका सांसद हुन् भने घिसिङ र श्रेष्ठको गृह जिल्ला एउटै रामेछाप हो । 

यो गाडी यसअघि प्राधिकरणका कार्यकारी निर्देशकले चढ्थे । राज्यमन्त्री श्रेष्ठ पदमा बहाल भएको दिनदेखि राजधानीको ‘स्वयम्भु पिस होटल’ मा बस्दै आएका छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक