भदौ १५, काठमाडौं । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, काठमाडौं । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने"/>

2026-09-22 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट


भदौ १५, काठमाडौं । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए । 

सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे । मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो। देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए ।

भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए। त्यसप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले भदौ १० गते महामन्त्री शशांक कोइरालाको निवासमा छुट्टै भेलासमेत आयोजना गर्‍यो। भदौ ११ गते तनहुँको दमौली पुगेका पौडेलले पार्टीमा हचुवा प्रवृत्तिले काम हुन थालेको आरोप लगाए।

यी दुई घटनाले कांग्रेसभित्रको गुटगट राजनीतिलाई प्रस्ट्याउँछन्। देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका शीर्ष नेतालाई आ-आफ्नै खेमा खडा गर्न भ्याइनभ्याइ छ। उनीहरूकै भनाइलाई आधार मान्ने हो भने यो पार्टीमा सातवटा गुट सक्रिय छन्। यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो। केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्, ‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएपछि यस्तै हुन्छ।’

देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसमा यतिखेर कम्तीमा सातवटा गुट सक्रिय छन्। यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो।

कांग्रेसको पछिल्लो १३ औं महाधिवेशनमा तीनवटा गुट संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए। सभापतिमा शेरबहादुर देउवाको प्यानल विजयी भएपछि उनले पार्टीभित्रको गुटबन्दी समाप्त पार्ने घोषणा गरे। तर, महाधिवेशनको डेढ वर्षको अवधिमा गुट समाप्त भएन, बरु नयाँ-नयाँ गुट थपिए। महाधिवेशनमा तीनवटा गुट देखिएकोमा अहिले ६ वटाभन्दा बढी देखिन्छ। शेरबहादुर देउवा, रामचन्द्र पौडल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइराला परिवारको छुट्टाछुट्टै गुट यतिखेर सक्रिय छ।

१३ औं महाधिवेशनपछि नेतृत्वबाट बाहिरिएको कोइराला परिवार (शशांक, शेखर र सुजाता) एकसाथ अघि बढेपछि कांग्रेस राजनीति तरंगित भएको छ। साउन ४ गते महामन्त्री शशांकको निवासमा लन्च मिटिङ गरेर सामूहिक फोटो सामाजिक सन्जालमा राखेपछि कोइराला परिवार चर्चामा आएको हो। भदौ ९ गते पत्रकार महासंघका पदाधिकारीलाई स्वागत गर्ने क्रममा नेताहरू पुनः एकसाथ देखिएपछि यो समूह संस्थागत रूपमा अगाडि आउन खोजेको आकलन भइरहेको छ।

कांग्रेसको इतिहास लेखेका पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसभित्र गुट-उपगुट मौलाउनु नयाँ कुरा होइन तर पछिल्लो समय जसरी गुट फस्टाउँदै गइरहेको छ, त्यो पार्टी हितमा देखिएको छैन।’ बस्नेतका अनुसार कांग्रेसभित्र ०१७ सालदेखि नै गुट सुरु भएको हो।

गत वर्ष प्रमुख सत्तासाझेदार कांग्रेसले मंसिर १४ गते संविधान संशोधन विधेयक दर्ता गरायो। त्यसविरुद्ध कांग्रेस सांसद चन्द्र भण्डारी ५ नम्बर प्रदेशमा उत्रिए। 

यता, संशोधन प्रस्ताव पास गराउनुपर्ने माग गर्दै कांग्रेसका २७ सभासद्ले हस्ताक्षर गरेर नेतृत्वलाई ज्ञापनपत्र नै दिए। कांग्रेसकै तेजुलाल चौधरीले मंसिर २७ गते थारू सांसदको छुट्टै भेला गरेर कैलाली-कञ्चपुरलाई नयाँ प्रदेशमा राख्नुपर्ने निर्णय गराए। प्रदेश टुक्रयाउन गरेको संशोधन प्रस्तावको सन्दर्भमै ५ नम्बर प्रदेशभित्रकै मधेसी र पहाडी जिल्लाका सांसद फरक-फरक कित्तामा उभिए। -अन्नपूर्ण पोष्ट दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी