२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’

२०७४, १५ भाद्र बिहीबार ०१:२२


भदौ १५, काठमाडौँ । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । 

यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरेका छन् । अञ्चल अस्पताल अगाडी लहरै हरदम आधा दर्जन भन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्स आदिलाई एउटा विरामी ल्याएबापत निजी अस्पतालले रकम दिने गरेका छन् । 

अस्पतालमा आएका विरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताललाई एकजना विरामी लगिदिए वापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन् । अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय पनि जानकार छन् । ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेन्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘पूर्वाञ्चलका निजी अस्पतालले विरामी तान्न मार्केटिङ एक्ज्युकिटिभ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने ।

‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घन्टौं कुर्नु पर्‍यो । त्यहीबेला यहाबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइ दिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले कान्तिपुरसँग भने । औषधि बिक्रि प्रवर्धन गर्ने मेडिकल रिप्रजेन्टेटिभजस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिहरुमात्र नभएर चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दावी छ ।

यो कुरा अस्पताल प्रशासनसँग पनि छिपेको छैन । ‘विराटनगर लगायतका निजी अस्पतालमा एउटा विरामी ल्याएबापत एम्वुलेन्स चालकले ५ सय देखी १५ सयसम्म पाउछन् भन्ने हामीले पनि सुनेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दया शंकरलाल कर्ण भन्छन्, ‘हरेक सरकारी अस्पताल अगाडी एम्वुलेन्स र निजी गाडी हुन्छन्, उनीहरुले बिरामी किनबेचको सेटिङ मिलाएका हुन्छन् ।’ तर, बिरामी किनबेचमा अस्पतालका चिकित्सक, चिकित्साकर्मी समेत संलग्न रहेको दाबीलाई भने डा.कर्णले अस्वीकार गरे । ‘यो काम बाहिरको गिरोहले गरिरहेको हो, अस्पतालको कुनै संलग्नता छैन,’ उनले बताए । उनले यस्तो दलाली रोक्न अस्पतालमात्र नभइ स्थानीय नागरिकसमेतको सहयोगको खाँचो रहेको बताए ।

प्राय: यस्ता ‘उपचार विचौलिया’ हरु बिहान चिकित्सकले अन्तरंग विभागमा राउन्ड लिएर फर्केलगतै विरामी भएको ठाउँमा पस्छन् । विरामी र उनका आफन्तहरुलाई ‘यो अस्पतालमा उपचार नै हुँदैन’, ‘यहीं राख्ने हो भने तपाईंको विरामी मर्छ’ भन्दै आफूले राम्रा निजी अस्पताल लगिदिने बताउँछन् । र, अस्पताल बाहिर तयार अवस्थामा राखिएका मारुती भ्यान र एम्बुलेन्सतिर देखाउछन् ।

विरामीको किनबेच बढ्न थालेपछि अहिले यो अस्पताललाई ‘रेफरल सेन्टर’समेत भन्ने गरिएको छ । सामान्य घाउचोटको समस्याबाहेक अस्पताल आउने अधिकांशलाई अन्यत्र ‘रेफर’ गर्ने गरिएको भन्दै स्थानीयले यो नाम दिएका हुन् । ‘मेरो अनुभवमा प्रत्येक एक घन्टामा एकजना विरामी उपचारका लागि बाहिर रेफर गरिन्छ वा आफैं जान्छन्,’ गुरमैताले भने, ‘कतिलाई दलालले लान्छन्, कति उपचारमा सहयोगको अभावले पनि जान्छन् ।’

मेडिकल सुपरीटेन्डेन डा. कर्ण भने केही बिरामी आफैं भाग्ने, केहीका आफन्तले नै रेफर गर्न कर गर्ने र केहीको समस्याको उपचारको सुविधा अस्पतालमा नभएर रेफर हुने गरेको दावी गर्छन् । ‘हामीले धेरैजसो विरामीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्छौं तर विरामीहरु त्यहाँ नगएर गोल्डेन, विराट नर्सिङ्ग होम, न्युरोतिर जान्छन् ।’ स्वास्थ्य क्षेत्रमा माफिया सक्रिय भएकोले यस्तो स्थिति देखिराखिएको उनको दाबी छ । उनले यस्तो दावी गरे पनि अस्पतालमा पूरा समय चिकित्सक नहुनाले पनि विचौलियाको कारोबार बढेको स्थानीय बताउछन् । सामान्यत : अधिकांश चिकित्सकहरु १० देखि ११ बजे अस्पताल पुग्ने र १ बजेतिर निस्किसक्ने स्थानीय बताउछन् ।

‘१ बजेतिर त बहिरंग सेवामा ताला लागिसक्छ,’ राजविराजका एक स्थानीयले भने । ‘१२ बजेपछि त पुर्जा नै काटदैनन्, टाढा गाउँबाट आउनेहरु बल्ल आइपुगेका हुन्छन् । यहाँ पुर्जै नकाटे पछि उनीहरु निजीमा गएर डाक्टरलाइ महंगो शुल्क तिर्न बाध्य हुन्छन्,’ अस्पतालकै एक कर्मचारीले भने । डा. कर्ण पनि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म बस्नु पर्ने समय पालना हुन नसकेको स्वीकार्छन् ।

‘रेफर रोक्नलाई अस्पतालमा जनशक्ति पर्याप्त हुनुपर्‍यो, शल्यक्रिया, एनआइसियु, आइसियु सेवा विशेषज्ञ चिकित्सक आदि हुनुपर्‍यो,’ डा.कर्ण भन्छन् । उनले अस्पताल अञ्चल स्तरीय भए पनि क्षमता र सेवा त्यसअनुसार नभएको बताए । यहाँको इमजेन्सी सेवा २५ सैय्याको भए पनि दिनहु थुप्रै विरामीलाइ भुइमै सुतेर उपचार हुने गरेको छ । अस्पतालका अनुसार शैय्या अभावमा दैनिक औसत २० जना विराको भूईमा सुताएर उपचार गराउने गरिएको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा