२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा नेपालीलाई यातना, घर फर्किन पनि छैन सजिलो

२०७४, १५ भाद्र बिहीबार ०२:४५


भदौ १५, ओमान । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गनेृ झापाकी २३ बर्षीया युवती दूतावासको आश्रयमा थिइन् ।

मस्कटबाट हजार किलोमिटर टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन ।

‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।’ आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दे दूतावास आएकी ती युवती भने फर्केर उसकै घरमा जाने पक्षमा थिइनन् ।

दूतावासले युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् ।

ती ओमानीले भने,

-मैले उनलाई ल्याउन निकै दुख गरेको छु ।

-१८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु ।

-(खल्तीबाट बिल देखाउँदै भने) यो रकम कसले फिर्ता दिन्छ ?

भारत, यूएई र ओमान

ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन् । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । ‘उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । ‘दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।’

ओमानीले धम्क्याए  र बाटो लागे

तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । ‘लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे ।

दूतावासलाई अप्ठ्यारो

बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । ‘यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ ।

कामदार पठाउन रोक, तर तस्करी बढ्यो

सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि दलालमार्फत महिलाको तस्करी बढिरहेको छ । सललाहमा त झन् एक घर एक नेपाली कामदारझैं अवस्था छ । 

ओमानी निकायका अनुसार झन्डै ५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन् । ओमान पुग्ने प्राय: सबै घरेलु कामदार यूएईबाट लगिन्छन् । त्यसरी ओमान पुग्ने र पछि नेपाल जाने भन्दै भागेर दूतावास आउने नेपालीको संख्या बढिरहेको दूतावासले जनाएको छ ।

७५ जनाको उद्धार

आश्रयस्थलमा आएका ७५ जनालाई दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अवैध बाटोबाट नेपाली ल्याउने क्रम झन् बढेपछि दूतावासले नेपाल र ओमानबीच श्रम सम्झौता नभएसम्म नेपाली महिलालाई घरेलु कामदारको भिसा नदिन पनि ओमान सरकारलाई अनुरोध गरेको छ । ‘ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको छ । 

त्यो सम्झौतामा घरेलु कामदारका विषय पनि छन् । श्रम सम्झौता नभएसम्म भिसा जारी नगर्न ओमान सरकारको ध्यानाकर्षण गराइएको छ,’ राजदूत पराजुलीले भनिन् । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ