भदौ १८, काठमाडौं । असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।कांग्रेस, एमाले र माओवादी मात्रै होइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौं । असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।कांग्रेस, एमाले र माओवादी मात्रै होइ"/>

2026-09-22 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ जित्न कुन दलको कस्तो छ रणनीति ?


भदौ १८, काठमाडौं । असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।कांग्रेस, एमाले र माओवादी मात्रै होइन, राजपाले समेत प्रदेश २ का आठ जिल्लामा सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन् । 

चारवटै दलले धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा र रौतहटका एक सय ३६ स्थानीय तहमा जसरी पनि पहिलो बन्ने रणनीतिमा छन् । ती चारवटै दलले एक्लै लड्नेदेखि तालमेल गरेर चुनावमा होमिनेसम्मका नीति तय गरेका छन् । 

प्रदेश २ लाई कांग्रेसले आफ्नो बाहुल्य र प्रजातान्त्रिक आन्दोलनको सात दशक लामो इतिहाससँग जोडेर लिएको छ । पहिलो र दोस्रो निर्वाचनमा भएको पराजयलाई ध्यानमा राख्दै विशेष गृहकार्यका साथ चुनावी मैदानमा रहेको दाबी उसले गरेको छ । एमालेले कम्युनिस्टको राजनीतिक उर्वरभूमि भएकाले अघिल्ला निर्वाचनमा पाएको मतको सम्मान गर्ने गरी प्रदेश २ मा जित हासिल गर्ने दाबी गरेको छ ।

माओवादी केन्द्र संविधान निर्माणदेखि दोस्रो संशोधनसम्म मधेसका लागि खेलेको भूमिका र बढ्दो संगठन विस्तारका कारण चुनावमा पहिलो पार्टी हुनेमा विश्वस्त छ । राजपा नेपालले सिंहदबारको राज्यव्यवस्थाले मधेस र मधेसीलाई राज्य सञ्चालनक्रमदेखि नै गरेको अस्वीकार र संविधानमा रहेका ३६ वटा मधेसविरोधी धारा र उपधारा संशोधनका लागि भएका आन्दोलन र जनसहभागितालाई जित्ने आधार मानेको छ ।

कांग्रेस नेता पहिलो र दोस्रो निर्वाचनको क्षतिपूर्ति प्रदेश २ बाट बाट गर्ने योजनामा छन् । ‘प्रदेश २ को निर्वाचन परिणामपछि कांग्रेस मुलुककै पहिलो पार्टी बन्छ’, कांग्रेस केन्द्रीय सदस्य एवं कृषिमन्त्री रामकृष्ण यादवले भने, ‘स्थानीय स्तरको सिफारिसमा उम्मेदवार चयन गरेका छौं, घात-अन्तर्घात अन्त्य गरेका छौं । केन्द्रको नीतिअनुसार सत्तापक्ष र राजपासँग स्थानीय नेतृत्वको सुझाव र सल्लाहमा चुनावी तालमेल पनि गर्छैां ।’ उम्मेदवार चयनदेखि चुनावी कार्यक्रम र घोषणापत्रका आधारमा घरदैलोमा कांग्रेस सहभागी भइरहेको यादवले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेस विशेष अभियानसाथ जनताबीच रहेको बताए । ‘वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेसपहिलो हुन्छ’, उनले भने । पहिलो र दोस्रो निर्वाचन परिणामलाई हेरेर जनताकै सुझाबमा चुनावी अभियान अघि बढाएको दाबी उनले गरे ।

एमाले पोलिट्ब्युरो सदस्य शत्रुघ्नप्रसाद महतोले सत्ताको नेतृत्व लिएको कांग्रेसबाहेक कुनै पनि पार्टीसँग स्थानीय स्तरमा चुनावी एकता गर्न केन्द्रबाट परिपत्र भइसकेको बताए ।

एक प्रश्नको उत्तरमा महतोले भने, ‘केन्द्रबाट चुनावी एकताका लागि पार्टी आएको परिपत्रको ‘क्लस्टर’मा राजपा पनि पर्छ ।’ अन्य दलसँगको तालमेल मनोनयन दर्तापछि पनि हुने उनले बताए । प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलले मधेसको समग्र परिस्थितिलाई बुझेको एमालेले सोहीअनुसार उम्मेदवार छनोटदेखि चुनावी कार्यक्रमसम्म अघि बढाएको जानकारी दिए । तराईको गरिबी, पछौटेपन, आन्तरिक विभेद तथा रुपान्तरणको एजेन्डासाथ मधेसी बस्तीमा आफूहरू रहेको मण्डलले बताए । यो चुनावले मधेसमा रहेको विखण्डनको चर्चालाई अन्त्य गर्ने उनको दाबी छ ।

माओवादी केन्द्रका नेता उमेशकुमार यादवले केन्द्रले स्थानीयस्तरमा चुनावी एकता गर्ने अधिकार दिएको बताए । ‘चुनावी एकता सत्तापक्षसँगै हुन्छ’, उनले भने, ‘अन्य दलसँग पनि अछुतको व्यवहार भने हुँदैन ।’ माओवादीले सम्मानजनक स्थान हासिल गर्ने दाबी उनले गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयं प्रदेश २ का जनताबीच रहेकाले पनि यो चुनाव माओवादीको पक्षमा आउने उनले बताए ।

राजपा अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादवले स्थानीयस्तरमा संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताए । १३ महिने आन्दोलनक्रममा मधेस र मधेसीको अधिकारका लागि लड्ने मधेसी जनतालाई जितको आधार बनाएको यादवको भनाइ छ ।

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको मुद्दा लिएरै जनताबीच जाने उनले बताए । राजपाका महामन्त्री मनीषकुमार सुमनले संविधानमा संशोधन पक्षधर शक्तिसँग चुनावी एकता हुने जानकारी दिए । पहिलो प्राथमिकता भने लोकतान्त्रिक मधेसी फोरम, संघीय समाजवादी फोरम नेपाललगायत मधेसी दललाई नै दिने उनले बताए । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी