2026-09-22 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो

भदौ १८, काठमाडौं । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ ।

एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै छलफल गरिहरेको छ ।  तर, शनिबार रातिसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

बुधबार र बिहीबार महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा उनीसहित नेता विमलेन्द्र निधि, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रेम केसी उम्मेदवार चयनबारे छलफलमा जुटेका थिए । जसमध्ये आठ जिल्लाबाट कम विवाद भएर आएका केही उम्मेदवारी टुंगो लागेको थियो । तर, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट छुट्टाछुट्टै सूची आएपछि ती ठाउँको उम्मेदवारी मिलाउन समस्या परेको छ ।

प्रदेश नं. २ का १२ केन्द्रीय सदस्यलाई छलफलमा सहभागी नगराइएपछि उनीहरू असन्तुष्ट बने ।‘उम्मेदवारी समयमा नटुंगिँदा नेता–कार्यकर्ताको दबाब चर्को रूपमा परिरहेको छ । 

मान्छेको भिड धेरै लाग्ने, विवाद मतान्तर हुँदा, नेताको दबाब आउने हुँदा ठाउँ सर्दै बैठक गर्दै आउने काम भएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दिउँसो बसेको ठाउँमा पनि नेता–कार्यकर्ताले सुइँको पाएपछि शुक्रबार राति फेरि केन्द्रीय कार्यालयमा छलफल ग¥यौँ ।’ केन्द्रीय सदस्यहरूले आफूहरूलाई छलफलमै नराखी उम्मेदवार टुंग्याउन खोजेको भन्दै शुक्रबारको छलफलमा असन्तुष्टि राखेपछि उनीहरूलाई समेत सहभागी गराएर छलफल गराइएको स्रोत बताउँछ ।

झम्सीखेलस्थित रेस्टुरेन्टमा बिहानको खानापछि दिनभर छलफल गरी बेलुका अर्कै ठाउँमा बस्नेगरी नेताहरूलाई खाना खाएर आउन भनिएको थियो । ‘बिहानको खाना रेस्टुरेन्टमै खायौँ । बेलुकाको खाना सबैले आफैँले खाएर आएपछि पुनः छलफलमा जुट्यौँ,’ कांग्रेसका एक नेताले भने । 

केन्द्रीय कार्यालयमा सुरुमा उम्मेदवार टुंग्याउँदा प्रदेश नं. २ का १४ केन्द्रीय सदस्य र महामन्त्री डा. शशांक कोइराला, आठ जिल्लाका कांग्रेस सभापति, सो क्षेत्रका सांसद, क्षेत्रीय सभापतिसहितको बैठक बसेको थियो । तर, सो बैठकले उम्मेदवार टुंग्याउन नसकेपछि कोइराला र निधिबीच छुट्टै छलफल भएको थियो ।

उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर

पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । 

उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।

के–केमा विवाद ? 

उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ 

जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ ।

यी ठाउँमा लगभग टुंगिए 

महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । 

रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी