पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १९, काठमाडौँ । रोजगारीका लागि मलेसियामा रहेका ८ नेपाली बेपत्ता भएका छन् ।

तमिल मूलका व्यक्तिले छुरा प्रहरा गरेको घटनापछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाका नीरेन्द्र यादवसहित ८ नेपाली बेपत्ता भएका हुन् ।

नीरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारी अनुसार सर्लाही र सुनसरीका २–२ जना तथा महोत्तरकिा ३ जनासहित नीरेन्द्र मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए ।

उनीहरु पेनाङस्थित जाम्बुलमा रहेको जीयूएच सर्किट इन्डिस्ट्रिज पीजी एसडीएन बीएचडीमा कार्यरत थिए । गत २९ अगस्त साँझ पौने सात बजेदेखि नीरेन्द्य्रसहित उनका साथी सम्पर्कविहीन भएको वैद्यनाथले बताए ।

उनीहरु बस्दै आउको कन्तारस्थित डेरा नजिकै डिस्कोमा हल्ला बढी भएपछि उनीहरु गुनासो गर्न त्यहाँ पुगेका थिए । डेरा फर्किएलगत्तै केही तमिल मूलका युवा आएर झ्याल–ढोका फोरी छुरा हानेको उनीहरुसँग बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दै वैद्यनाथले बताए ।

त्यो दिनदेखि उनीहरु बेपत्ता छन् । ‘फोन स्विच अफ छ । नीरेन्द्रका साथीभाइलाई फोन गर्दा कुनै अत्तोपत्तो नरहेको जानकारी दिएका छन्,’ वैद्यनाथले भने, ‘परराष्ट्र मन्त्रालयले खोजीमा सक्रियता देखाओस् ।’ -कान्तिपुर दैनिक