2026-09-22 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

भदौ १९, काठमाडौँ । ‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । 

देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए । ‘सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ । केही दिनभित्रै यो विषय टुंगिनेछ,’ परियारले भने ।

राप्रपाबाट विभाजित भएर गएको प्रजातान्त्रिकले वन, उद्योग, विज्ञान तथा प्रविधिर शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाउनेछ । राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा र रामकुमार सुब्बा मन्त्री बन्ने सम्भावना छ । 

बोहरा, पाण्डे र थापा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुब्बा राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुभन्दाअघि राप्रपा नेपालका संसदीय दलका उपनेता थिए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय