२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले प्रदेश २ मा नेतादेखि व्यापारीसम्मलाई उम्मेदवार बनायो

२०७४, २२ भाद्र बिहीबार ०२:०४

भदौ २२, काठमाडौँ  । कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीका परिवारसम्मलाई उम्मेदवार बनाएको छ । 

पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, नेतानिकटदेखि गुटगत रूपमा पनि टिकट दिइएको छ । राजनीतिमा सक्रिय नभएकालेसमेत टिकट पाएका छन् । प्रदेश नं. २ मा टिकट वितरणमा नेता विमलेन्द्र निधि सबैभन्दा बढी सक्रिय भए । सभापति शेरबहादुर देउवाले नै उनीसहित महामन्त्री डा. शशांक कोइरालालाई टिकट दिने जिम्मेवारी सुम्पिएका थिए । शशांकलाई मात्र छलफलमा सहभागी गराइएपछि टिकट छलफलको अवधिभर पौडेल पक्षमै असन्तुष्टि रह्यो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा देउवा पक्षकै जिल्ला सभापति छन् । आफ्नो पकड रहेका क्षेत्र वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकामा नेता निधिले आफूनिकटका नेतालाई टिकट दिलाएका छन् ।

कोषाध्यक्षका छोरा मेयरका उम्मेदवार

सिरहाको सिरहा नगरपालिकाको मेयरमा कोषाध्यक्ष एवं पूर्वमन्त्री सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई मेयरको उम्मेदवार बनाइएको छ । मेडिकल डाक्टर यादव राजनीतिमा समेत सक्रिय छन् ।

रौतहटमा उद्योगपतिका छोरा

रौतहटमा उद्योगपति ओमप्रकाश जैसवालको छोरा अजयप्रकाश साहले कटहरिया नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । २१ वर्षीय उनी कांग्रेसको क्रियाशील सदस्यसमेत छैनन् । कांग्रेसमा उम्मेदवार बन्न क्रियाशील सदस्य हुनुपर्ने प्रावधान नभए पनि राजनीति गर्नेलाई छाडेर उद्योगपतिका छोरालाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि देखिएको छ ।

कलैयामा केन्द्रीय सदस्यका छोरा उम्मेदवार

बाराको कलैया उपमहानगरपालिका मन्त्री फर्मुल्लाह मन्सुरले भाइलाई मेयरको उम्मेदवार बनाउन खोजेका थिए । तर, केन्द्रीय सदस्य राधेचन्द्र राय यादवका छोरा राजेश रायलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरीमा पार्टी सभापतिका भतिजा

औरही गाउँपालिकाको अध्यक्षका उम्मेदवार सुनीलकुमार यादव जिल्ला सभापति महेन्द्र रायका भतिजा हुन् । सुनील कांग्रेस क्रियाशील सदस्यसमेत छैनन् ।

सप्तरीमा सभापतिकी भाइबुहारी

सप्तरी जिल्ला सभापतिकी भाइबुहारी सुशीलाकुमारी यादव राजविराजको मेयरको उम्मेदवार बनेकी छिन् ।

सर्लाहीमा सभापतिका भतिजा

सर्लाही कांग्रेस सभापति नागेन्द्र रायका भतिजा रुपेशकुमार राय कौनेडा गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका छन् ।

केन्द्रले जित हेर्‍यो, नेता–कार्यकर्ताले टिकट हेरे

कांग्रेस र माओवादीबीच प्रदेश नं. २ मा चुनावी गठबन्धन गर्ने प्रचार गरिए पनि दाबी गरेजसरी हुन सकेन । घोषित रूपमा बारा, धनुषा र रौतहटमा मात्रै चुनावी तालमेल भयो ।

‘परिवर्तनका शक्तिहरू एक ठाउँमा उभिने र गणतन्त्रलाई संस्थागत गर्ने गरी हामीले केन्द्रबाटै चुनावी तालमेलको नीति लिएका थियौँ,’ माओवादीसहितका दलसँग चुनावी तालमेलका खटिएका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘हामीले केन्द्रबाट जित्नका लागि तालमेल भन्यौँ । तर, जिल्लामा साथीहरूले टिकट पाउनुलाई नै महत्व दिएपछि अपेक्षित तालमेल हुन सकेन ।’

कांग्रेसले १३६ तहमध्ये झन्डै सयमा जित्न पूर्व–पश्चिम राजमार्गमा एमाले प्रभाव रहेका ८ वा ९ ठाउँमा चुनावी तालमेलको नीति लिएको थियो । मुख्यगरी सिरहाका गोलबजार, मिर्चैया, कर्जन्हामा माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि अन्तिम समयसम्मको प्रयास सफल हुन नसकेको ढुंगानाले जानकारी दिए । माओवादीले मिर्चैया र कर्जन्हा दुवैमा दाबी गरेपछि तालमेल नभएको उनले बताए । 

सर्लाहीको लालबन्दीमा मेयर दिन खोज्दासमेत माओवादी नै इच्छुक नरहेको ढुंगानाले दाबी गरे । ‘हामी उमपेयर राखेर मेयर माओवादीलाई दिन तयार थियौँ । तर, वडाहरू पनि उनीहरूले धेरै माग्दा तालमेल हुन सकेन,’ उनले भने । कांग्रेसमा तयारी गरेजस्तो तालमेल हुन नसकेपछि अपेक्षा गरेजस्तो नजिता नआउने देखिएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ