2026-09-22 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा माओवादीले किन दियो नवप्रवेशीलाई प्राथमिकता ?

भदौ २२, काठमाडौं । माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । 

माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो ।माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ ।

प्रवेश गरेकै दिन उम्मेदवार बनेका तीन नेता

बुधबार उम्मेदवारी दर्ता गर्नुभन्दा केही घन्टाअघि प्रवेश गरेका तीनजनालाई माओवादीले उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ ।

पछिल्लो एक महिनामा प्रवेश गरेर टिकट पाउने ८ नेता

माओवादीले एक महिनायता पार्टी प्रवेश गर्ने आठजनालाई उम्मेदवार बनाएको छ । सद्भावना पार्टीबाट प्रवेश गरेका अनिस अन्सारीलाई सप्तरीको राजविराज नगरपालिकाको मेयरमा टिकट दिएको छ । 

एमालेबाट प्रवेश गरेका राजनारायण चौधरी महोत्तरीको भङगाह नगरपालिकाको मेयरमा, राजपाबाट प्रवेश गरेका शेख मोत्तिनलाई बाराको सिमरौनगढ नगरपालिकाको मेयरमा, कांग्रेसबाट प्रवेश गरेका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ । राजपाबाट प्रवेश गरेका चेतनारायण महतोलाई सर्लाहीको बगरगन्ज गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । 

राजपाबाटै माओवादीमा प्रवेश गरेका रामबाबु साहले सर्लाहीको हरपरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट प्रवेश गरेका खड्कनारायण चौधरीले पनि सिरहाको लहान नगरपालिकाको मेयरको टिकट पाएका छन् । एमालेबाटै प्रवेश गरेका ठक्कु महतोले अर्नमा गाउँपालिकाको अध्यक्षको टिकट पाएका छन् ।

दुई तहमा मात्र तालमेल

माओवादी र कांग्रेसबीच दुई तहमा मात्र तालमेल भएको छ । दुई पार्टीबीच धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्र तालमेल भएको हो । प्रदेश नं. २ का १ सय ३४ तहमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने प्रदेश नं. २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीले कांग्रेस, राजपा र संघीय फोरमसँग तालमेल गरेर निर्वाचनमा जाने बताउँदै आएको थियो । 

तर, माओवादीले काग्रेससँग मात्र तालमेल गरेको छ । सैद्धान्तिक रूपमा पार्टीले गरेको निर्णय नेताले नमान्ने अवस्था आएपछि तालमेल गर्न धेरै गाह्रो भएको साहले बताए । ‘कतिपय तहमा पार्टीले पहिलै उम्मेदवार घोषणा गरिसकेको थियो,’ साहले नयाँ पत्रिकासँग भने, ‘पछि उम्मेदवार फिर्ता गरी तालमेल गराउन गाह्रो भयो ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय