2026-11-05 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले भन्यो- नेपालमै रेल पुर्‍याउँछौं

भदौ २३, काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ।’ यो खबर चन्द्रशेखर अधिकारीले  आजको कान्तिपुरमा लेखेका छन्।

‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ ती सदस्यले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उनले रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको बताए।’ उपप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए। उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताएका थिए।

चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो। सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ।

परराष्ट्रमन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग तीन घण्टा लामो दुईपक्षीय लन्च वार्तापछि प्रधानमन्त्री लीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पारेका थिए। सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिएका थिए। उनले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गरेका थिए। भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र तेस्रो चरणको निर्वाचनबारे समेत छलफल भएको थियो।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत नै नेपालको राष्ट्रिय विकासलाई गति दिने गरी सहयोगहरू हुने जानकारी उनले दिएका थिए। बीआरआईमा नेपालले समर्थन गरेर चीनको ‘मोरल भ्यालु’ उच्च बनाइदिएकोमा समेत प्रधानमन्त्री लीले खुसी व्यक्त गरेको सहभागीले जानकारी दिए। चीनको मुख्य व्यापारिक पार्टनर रहेको छिमेकी भारतले बीआरआईमा असहमति राखिरहेको अवस्थामा नेपालले समर्थन गरेको थियो।

दुवै भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उपप्रधानमन्त्री महराले बताए। यसअघि डेलिगेसनस्तरको वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपाल–चीन सम्बन्धको खुलेर प्रशंसा गर्दै बीआरआईमा नेपालले देखाएको सक्रिय सहभागिताले चीन निकै खुसी रहेको बताएका थिए। ‘नेपाल र चीन असल छिमेकी मात्र नभई सच्चा साझेदारसमेत हो,’ वाङले भने, ‘पछिल्ला वर्षहरूमा नेपाल राजनीतिक रूपान्तरणको चरणमा रहँदा पनि नेपाल–चीन सम्बन्ध निकै स्वच्छ रूपमा अघि बढेको छ।’ नेपाल र चीनको सम्बन्ध जनस्तरमै रहेको भन्दै यसलाई भाषाबाट समेत जोड्न चाहेको उनले बताए। भेटमा महराले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेको धारणा राख्दै नेपालको भूमि चीनको सार्वभौमविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

महराले लीसँगको भेट अघि नै चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्ने र त्यसको काम अघि बढाउने विषयमा समकक्षी वाङसँग दुईपक्षीय छलफल भएको जानकारी दिएका थिए। बीआरआईको अवधारणामा नेपालको भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रसबोर्डर सहकार्य, व्यापार, पर्यटन र लगानी वृद्धि हुने विश्वास नेपालले लिएको उनले बताएका थिए।

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल चीनले आफ्नो धारणासहित छिट्टै नेपाल सरकारलाई पठाउने जनाएको छ। उपप्रधानमन्त्री वाङ याङको चार साताअघि भएको नेपाल भ्रमणमै त्यो विषयमा छलफल भएको थियो। पारवहन सम्झौता भए पनि त्यो विषयलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने प्रोटोकलमा अझै हस्ताक्षर हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट