By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ३० भदौभित्र ३ हजार कर्मचारी स्थानीय तहमा खटाइँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ३० भदौभित्र ३ हजार कर्मचारी स्थानीय तहमा खटाइँदै
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

३० भदौभित्र ३ हजार कर्मचारी स्थानीय तहमा खटाइँदै

साझासवाल
Last updated: September 10, 2017 2:31 am
साझासवाल
5 Min Read
Share

भदौ २५, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले ३० भदौभित्र स्थानीय तहमा कम्तीमा तीन हजार कर्मचारी खटाउने तयारी गरेको छ । 

Contents
  • आयोगको सहमति
  • के–केमा आचारसंहिता लचिलो ?
  • क्षेत्रीय प्रशासक र सिडियोको असहयोग
  • दसैँपछि समायोजन
  • गाउँपालिका–नगरपालिकामा न्यूनतम र वडामा एक कर्मचारी
  • नजाने कर्मचारीको तलब रोक्का

आचारसंहिता लागू भए पनि स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोग लचिलो भएपछि मन्त्रालयले तयारी अघि बढाएको हो । नियमित प्रक्रियाअन्तर्गत मन्त्रालयले कर्मचारी सरुवाको तयारी गरिरहेका वेला आयोगले आचारसंहिता जारी गरेपछि कर्मचारी सरुवा रोकिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहमा कर्मचारी पठाउन आचारसंहिता खुकुलो बनाइदिन आग्रह गरेका थिए ।

आयोगको सहमति

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्वाचन आयोगले स्थानीय तहमा कर्मचारी खटाउन सहमति दिएको बताए । ‘स्थानीय तहमा कर्मचारी खटाउनुपर्छ भन्नेमा आयोग सहमत भएको छ, अब ३० भदौभित्र स्थानीय तहलाई आवश्यक पर्ने न्यूनतम कर्मचारी खटाइसक्छौँ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले भने । उनले कम्तीमा तीन हजार कर्मचारी खटाउने गरी गृहकार्य सुरु भइसकेको बताए ।

‘स्थानीय तहलाई आवश्यक कर्मचारी पठाउन यसअघि नै तयारी भइसकेको थियो,’ मन्त्री बस्नेतले भने, ‘आचारसंहिता लागेपछि केही अन्योल भएको थियो । अब आयोगको सहमतिमा कर्मचारी सरुवा गर्न बाटो खुलेको छ ।’ उनले अति आवश्यकबाहेक अन्य कार्यालयमा भने कर्मचारी नगर्ने बताए । मन्त्रालयले कर्मचारी सरुवा गर्दा लामो समय एउटै कार्यालयमा बसेकालाई सरुवा गर्ने नीति बनाएको छ ।

के–केमा आचारसंहिता लचिलो ?

१० मंसिर सम्पन्न हुने निर्वाचनका लागि जारी भएको आचारसंहिताले सरकारको मुख्य कामलाई नै प्रभावित गरेको भन्दै सरकारले एक महिना आचारसंहिता स्थगित गर्न आयोगसँग आग्रह गरेको थियो । प्रधानमन्त्री देउवाले आचारसंहिताका कारण स्थानीय तहमा कर्मचारी खटाउन नसकेको र कर्मचारी नखटाउँदा स्थानीय तहले कामै गर्न नसक्ने भन्दै शुक्रबार आयोगको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको आग्रहपछि स्थानीय तहमा कर्मचारी खटाउने सहमति दिन आयोग तयार भएको हो । त्यही आधारमा पुनः कर्मचारी सरुवाको गृहकार्य गरेको मन्त्रालयले जनाएको छ । यसअघि स्थानीय तहका लागि मन्त्रालयले गरेको २९९ कर्मचारीको सरुवा निर्वाचन आयोगले रोकेको थियो ।

क्षेत्रीय प्रशासक र सिडियोको असहयोग

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउन प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकले असहयोग गरेको गुनासो गरेको छ । प्रमुख जिल्ला अधिकारीले जिल्लाका कार्यालयमा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाउन चासो नदिएको मन्त्रालयको भनाइ छ । यस्तै, क्षेत्रीय प्रशासकले आफूअन्तर्गतका प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउन जिम्मेवार नबनाएको मन्त्री बस्नेतले बताए । सिरहा र पर्साका प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म स्थानीय तहमा एकजना पनि कर्मचारी नपठाएको उनले जानकारी दिए । त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूले बाढी र डुबानका कारण देखाउँदै कर्मचारी नखटाएका हुन् । तर, जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीले ट्रेड युनियनकै कारण कर्मचारी खटाउन नसकेको बताए । ट्रेड युनियनको बलमा कर्मचारी सदरमुकाममै बस्न खोज्ने र प्रमुख जिल्ला अधिकारीहरू कमजोर भएर प्रस्तुत हुँदा कर्मचारी खटाउन नसकेको स्रोतको दाबी छ । मन्त्री बस्नेतले समेत केही प्रमुख जिल्ला अधिकारीहरूले ट्रेड युनियनसँग डराएर कर्मचारी खटाउन नसकेको बताए ।

दसैँपछि समायोजन

मन्त्री बस्नेतले राज्य व्यवस्था समितिमा विचाराधीन कर्मचारी समायोजन विधेयकलाई चाँडै संसद्मा पेस गर्ने बताएका छन् । दसँैअघि नै समायोजन ऐन संसद्ले पारित गर्ने र त्यसपछि समायोजन थाल्ने उनले बताए । ‘समायोजन ऐनका आधारमा नियमावली र मापदण्ड बनाउनुपर्नेछ । त्यसपछि धमाधम समायोजनको काम सुरु हुन्छ । दसैँपछि कर्मचारी समायोजन प्रक्रिया अघि बढ्छ,’ बस्नेतले भने ।

उनले संघीय निजामती सेवा ऐन र प्रादेशिक निजामती सेवा ऐनको विधेयक चाँडै टुंग्याउने बताए । एक साताभित्र दुवै ऐनको विधेयक टुंग्याउने र जतिसक्दो संसद्मा पेस गर्ने तयारीमा मन्त्रालय रहेको उनको भनाइ छ । प्रादेशिक निजामती सेवा ऐन कस्तो बन्छ भन्ने अन्योलले कर्मचारी स्थानीय तहमा जान डराएको भन्दै मन्त्री बस्नेतले सो विधेयक पनि संसद्बाट चाँडै टुंग्याउन पहल गर्ने बताए ।

गाउँपालिका–नगरपालिकामा न्यूनतम र वडामा एक कर्मचारी

सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा कार्यकारी अधिकृतसहितको न्यूनतम दरबन्दी पूर्ति हुने गरी सरुवा गर्ने जनाएको छ । मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कार्यकारीसहित न्यूनतम कर्मचारी र हरेक वडामा कम्तीमा एकजना कर्मचारी खटाउने बताए । ‘स्थानीय तहलाई कर्मचारी नपठाई काम गर भनेर हुँदैन । कार्यकारीसहितको न्यूनतम र हरेक वडामा एकजना कर्मचारी खटाउँछु,’ मन्त्री बस्नेतले भने ।

नजाने कर्मचारीको तलब रोक्का

मन्त्रालयले विनासर्त कर्मचारीलाई स्थानीय तहमा खटाउने जनाएको छ । ‘सेवा दिएबापत हरेक कर्मचारीलाई राज्यले तलब–भत्ता दिन्छ, अवकाशपछि दिने पेन्सन भार राज्यले थेग्न नसक्ने भइसक्यो,’ मन्त्री बस्नेतले भने, ‘०६४ सालमा भएको एक तह बढुवाले पनि केही परिणाम आएन । अब यही सेवासुविधामा कर्मचारीले राज्यको सेवा गर्नुपर्छ ।’ उनले कुनै कर्मचारी खटाएको ठाउँमा नगए निजामती सेवा ऐनअनुसार कारबाही हुने बताए । -नयाँ पत्रिका दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article फनपार्कको जग्गा कौडीको भाउमा कांग्रेस सांसदका आफन्तलार्इ
Next Article क्रान्तिकारी माओवादीमा मतभेद: वैद्यलाई एक्ल्याउन खोज्दै परी थापा समूह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने

57 years ago
काठमाडौँ - KTMराजनीति

डा. केसीको २७ दिनदेखि जारी अनसन तोडियो, उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखुल्ने (पूर्ण पाठ)

57 years ago
काठमाडौँ - KTMसमाज

एक लाख म्यादी प्रहरीको भर्ना खुल्दै: कति हुन्छ तलब ? कहाँ दिने आवेदन ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

कर्मचारीहरुको तलब ह्वात्तै बढ्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?