२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षाकर्मीनै ८८ किलो सुन तस्करीका सहयोगी !

२०७४, २६ भाद्र सोमबार ०१:१५

भदौ २५, काठमाडौं । नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ । जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन् ।

रसुवा कटेर टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन् । लाङटाङ राष्ट्रिय निकुञ्जम रहेको सेनाले पनि चेक पोष्ट राखेको छ । 

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुई चेकपोष्ट छन् । प्रहरीको सीमाको दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोष्ट छन् । हरेक चेकपोष्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरेको भए पनि ८८ किलो सुन फेला परेको गाडीको रेकर्ड टिमुरेस्थित सशस्त्र प्रहरीको चेक पोष्टमा मात्र दर्ता छ । 

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गते गाडी पार भएर तिब्बत गएको देखिन्छ । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखाका अनुसार सो गाडी १८ गते केरूङहुँदै काठमाडौं भित्रिएको थियो । रसुवाको कुनै पनि चेकपोष्टमा सो गाडी आएको तथ्याङ्क नहुँदा  सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ