१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन् ?

२६ भाद्र २०७४, सोमबार ०१:३९

भदौ २६, काठमाडौं । संघीयता कार्यान्वयनसँगै ८६ हजार निजामती कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा खटाइँदै छ । 

संविधानको धारा ३०२ को उपधारा २ अनुसार सरकारले केन्द्रमा रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउने तयारी थालेको हो। कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउन सरकारले तयार पारेको कर्मचारी समायोजन विधेयक अहिले संसद्मा छलफलका क्रममा छ। 

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समायोजन ऐन बन्न र नयाँ संरचना तयार हुन ढिलाइ भएकाले कर्मचारी खटाउन केही समय लाग्ने बताए।

विधेयकमा छलफल भइरहँदा विभिन्न सरकारी निकायले तीन तहमा खटिने कर्मचारीको प्रारम्भिक आकलन गरेका छन्। सामान्य प्रशासन मन्त्रालय र विभिन्न उच्चस्तरीय समितिको अध्ययनअनुसार कर्मचारी खटाउँदा सबैभन्दा धेरै ४५ प्रतिशतभन्दा बढी कर्मचारी स्थानीय तहमा आवश्यक छ। र, यो संख्या ४१ हजारभन्दा बढी हुन्छ। यसैगरी, प्रदेशमा २५ प्रतिशत (२० हजार) र संघमा ३० प्रतिशत (२५ हजारसम्म) कर्मचारी आवश्यक पर्ने अनुमान सरकारी अधिकारीले गरेका छन्।

उच्चस्तरीय अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको प्रारम्भिक खाका तयार भएको जानकारी दिए। 

संयोजक दाहालका अनुसार धेरै काम स्थानीय तहमा गइसकेकाले सबैभन्दा धेरै कर्मचारी स्थानीय तहमा जानेछन्। ‘हाम्रो अध्ययनले तत्काल स्थानीय तहमा ४१ हजार कर्मचारीको आवश्यकता देखाएको छ’, संयोजक दाहालले भने। उनका अनुसार अध्ययनले स्थानीय तहपछि संघमा २५ हजार र प्रदेशमा २० हजार कर्मचारी आवश्यक देखाएको छ।

निजामती किताबखानाका अनुसार हाल देशभर मन्त्रालय, विभाग, आयोग र अन्य गरी ८ हजार ५ सय ८९ कार्यालय छन्। कर्मचारी समायोजनअघि नै अधिकांश कार्यालय आपसमा गाभिनेछन्। सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नमराज घिमिरेले पनि कर्मचारी समायोजन ऐन आउनासाथ ८६ हजार कर्मचारीलाई तीन तहमा खटाउन सुरु हुने जानकारी दिए। 

मन्त्रालयले विभिन्न समयमा गरेको अध्ययनले पनि स्थानीय तहमा सबैभन्दा धेरै ४१ हजार कर्मचारी आवश्यक पर्ने देखाएको सूचना अधिकारी घिमिरेले बताए। ‘त्यसपछि संघमा २५ प्रतिशत र प्रदेशमा २० प्रतिशत कर्मचारी चाहिने हाम्रो ठहर छ’, सूचना अधिकारी घिमिरेले भने।

सामान्य प्रशासन मन्त्रालयकी प्रशासन सुधार महाशाखा प्रमुख नीता पोखरेलले समायोजन ऐन छिटो आए समायोजन पनि छिटो सुरु हुने बताइन्। तर, सरकारले तीनै तहमा नयाँ संरचना बनाउन पनि ढिलाइ गरेको छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह