२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन् ?

२०७४, २६ भाद्र सोमबार ०१:३९

भदौ २६, काठमाडौं । संघीयता कार्यान्वयनसँगै ८६ हजार निजामती कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा खटाइँदै छ । 

संविधानको धारा ३०२ को उपधारा २ अनुसार सरकारले केन्द्रमा रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउने तयारी थालेको हो। कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउन सरकारले तयार पारेको कर्मचारी समायोजन विधेयक अहिले संसद्मा छलफलका क्रममा छ। 

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समायोजन ऐन बन्न र नयाँ संरचना तयार हुन ढिलाइ भएकाले कर्मचारी खटाउन केही समय लाग्ने बताए।

विधेयकमा छलफल भइरहँदा विभिन्न सरकारी निकायले तीन तहमा खटिने कर्मचारीको प्रारम्भिक आकलन गरेका छन्। सामान्य प्रशासन मन्त्रालय र विभिन्न उच्चस्तरीय समितिको अध्ययनअनुसार कर्मचारी खटाउँदा सबैभन्दा धेरै ४५ प्रतिशतभन्दा बढी कर्मचारी स्थानीय तहमा आवश्यक छ। र, यो संख्या ४१ हजारभन्दा बढी हुन्छ। यसैगरी, प्रदेशमा २५ प्रतिशत (२० हजार) र संघमा ३० प्रतिशत (२५ हजारसम्म) कर्मचारी आवश्यक पर्ने अनुमान सरकारी अधिकारीले गरेका छन्।

उच्चस्तरीय अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको प्रारम्भिक खाका तयार भएको जानकारी दिए। 

संयोजक दाहालका अनुसार धेरै काम स्थानीय तहमा गइसकेकाले सबैभन्दा धेरै कर्मचारी स्थानीय तहमा जानेछन्। ‘हाम्रो अध्ययनले तत्काल स्थानीय तहमा ४१ हजार कर्मचारीको आवश्यकता देखाएको छ’, संयोजक दाहालले भने। उनका अनुसार अध्ययनले स्थानीय तहपछि संघमा २५ हजार र प्रदेशमा २० हजार कर्मचारी आवश्यक देखाएको छ।

निजामती किताबखानाका अनुसार हाल देशभर मन्त्रालय, विभाग, आयोग र अन्य गरी ८ हजार ५ सय ८९ कार्यालय छन्। कर्मचारी समायोजनअघि नै अधिकांश कार्यालय आपसमा गाभिनेछन्। सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नमराज घिमिरेले पनि कर्मचारी समायोजन ऐन आउनासाथ ८६ हजार कर्मचारीलाई तीन तहमा खटाउन सुरु हुने जानकारी दिए। 

मन्त्रालयले विभिन्न समयमा गरेको अध्ययनले पनि स्थानीय तहमा सबैभन्दा धेरै ४१ हजार कर्मचारी आवश्यक पर्ने देखाएको सूचना अधिकारी घिमिरेले बताए। ‘त्यसपछि संघमा २५ प्रतिशत र प्रदेशमा २० प्रतिशत कर्मचारी चाहिने हाम्रो ठहर छ’, सूचना अधिकारी घिमिरेले भने।

सामान्य प्रशासन मन्त्रालयकी प्रशासन सुधार महाशाखा प्रमुख नीता पोखरेलले समायोजन ऐन छिटो आए समायोजन पनि छिटो सुरु हुने बताइन्। तर, सरकारले तीनै तहमा नयाँ संरचना बनाउन पनि ढिलाइ गरेको छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल