भदौ २८, काठमाडौँ । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरीको सेवाबाट राजीनामा दिएका छन् ।

आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।

लामो राजीनामा पत्रको अन्तिममा सिलवालले आफू अन्यायमा परेकाहरुको आवाज बनेको दाबी गरेका छन् । ‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदो रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकको एउटा शसक्त आवाज बन्ने कोशिस गर्नेछु’, सिलवालले राजीनामा पत्रको टुंग्याउनीमा भनेका छन्, ‘आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।’ -अन्नपूर्ण पोष्ट दैनिक

दुर्इ पेज लामो विज्ञप्ति निकालेर सिलवालले राजीनामा दिए