२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिआना मासिक साढे नौ रुपैयाँ पशुपतिको जग्गा भाडा

२०७४, २९ भाद्र बिहीबार ०१:३४

भदौ २९, काठमाडौ । पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ। 

कोषले व्यापारिक निकाय हायात होटललाई एक आना जग्गा लिजमा दिएबापत मासिक नौ रुपैयाँ ५० पैसा भाडा लिइरहेको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ। तर, वास्तविकता यही हो। कोषले उक्त होटललाई १८ रोपनी जग्गा भाडामा दिएको छ। तर, यसबापत कोषले प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ मात्र पाउँदै आएको छ। यो खबर गोपीकृष्ण ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

निजी स्वामित्वको विलासी पाँचतारे (डिलक्स फाइभ स्टार) होटल हायात रिजेन्सीले कोषअन्तर्गत अमालकोट कचहरीको स्वामित्वमा रहेको उक्त जग्गा कौडीको मूल्यमा भोगचलन गरिरहेको तथ्य अन्नपूर्णले फेला पारेको हो। आराध्यदेव पशुपतिनाथको नाममा राखिएको उक्त जग्गा चलनचल्तीको मूल्यमा खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा लगाउँदा पशुपति क्षेत्रको विकासनिम्ति उल्लेख्य स्रोत जुट्नसक्नेप्रति अहिलेसम्म कसैले ध्यान दिएको पाइँदैन।

प्रतिमहिना प्रतिआना कम्तीमा १० हजार रुपैयाँ प्राप्त हुनेमा कोषले हायातसँग नौ रुपैयाँ ५२ पैसा मात्रै लिँदै आएको छ। होटलले नौ कित्ताको करिब १८ रोपनी गुठी जग्गा प्रयोग गरेबापत वार्षिक ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको छ। मुलुककै सबैभन्दा महँगो होटलमा गनिने हायातले प्रतिरात प्रतिकोठा झन्डै सोही रकम असुल्ने गर्छ।

होटलले कोषलाई दिने तिरो ०६८ सालमा ५० गुणा वृद्धि गरी यति पुर्‍याइएको हो। कोषले प्रतिरोपनी जग्गाको एक मुरी (२० पाथी) धानका हिसाबले जग्गा लिजमा लगाएको हो। 

जसअनुसार १८ रोपनीको मात्रै अठार मुरी धानको मूल्य हायातले कोषलाई तिरे पुग्छ। कोषका अनुसार उक्त जग्गामा तारागाउँ विकास समितिको मोही कायम छ। समितिले हायात रिजेन्सीलाई जग्गा प्रयोग गर्न दिएको हो। पशुपति गुठी मुलुककै सबैभन्दा धनी गुठी हो। जसअन्तर्गत करिब ५ सय रोपनी जग्गा छ। कतिपय जग्गाचाहिँ दर्ता हुनै बाँकी छ। 

कतिपय फिल्डबुकमा मात्र उल्लेख भएकामा त्यसलाई कसरी पुर्जामा ल्याउने विषयमा कोषले ठोस कदम चाल्न सकेको छैन। साविक लगत भिडेर आएपछि मात्र कोषको गुठी जग्गाबारे प्रस्टता हुने कर्मचारीको भनाइ छ। हायाताले औपचारिक करार सम्झौतामै उपभोग गरेका १८ रोपनीबाहेक पशुपतिकै दर्ता छुट अन्य जग्गासमेत प्रयोग गरेको हुन सक्ने कर्मचारी बताउँछन्। कोषका पूर्वसदस्यसचिव डा.गोविन्द टण्डनका अनुसार निजी क्षेत्रले कोषको हजारौं रोपनी जग्गा कौडीकै भाउमा प्रयोग गरिरहेको छ।

उनले अन्नपूर्णसँग भने, ‘गुठी जग्गाको उपयोगअनुसार कुतबाली तिराउने व्यवस्था गर्नुपर्छ। निजी वा संस्थागत रूपमा करोडौं, अर्बौ आम्दानी गर्नेले दिने तिरो कौडीको भाउसरह छ।’ उनले आफू कोषमा रहँदा प्रयोग र आम्दानीका आधारमा तिरो तोक्न पहल गरेको तर त्यसमा अनेक बाधा-व्यवधान आइपरेको बताए। ‘होटलजस्ता अनेक व्यावसायिक प्रतिष्ठानले गुठी जग्गा दुरुपयोग गरिएका छन्, प्रयोग गर्न पाउँछन् तर कोषले प्रयोग र आम्दानीअनुरूप रोयल्टी लिन सक्नुपर्छ,’ डा. टण्डनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ