२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रामेछापमा अब खिम्तीकै हिमाल हाइड्रोपावरबाटै बिजुली !

२०७४, ३० भाद्र शुक्रबार ०२:३४

रामेछाप जिल्लाभित्र हाल विजुली बल्न नसकेको क्षेत्रमा आगामी एक बर्षभित्र विद्युतीकरण हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । रामेछापमा रहेका नदी र खोलाबाट करिब १८ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने तथ्याङक रहेपनि रामेछाप अझै उज्यालो बन्न सकेको छैन् । उज्यालो बन्ने चरणमा रहेको छ ।

रामेछापको सुनापति र दोरम्बा गाउँपालिकामा बत्ती झ्याप्प झ्याप्प… जाने समस्या छ । यति सम्म कि ठूलो हावाहुरी आउदा धेरै दिनसम्म बिजुली नआउने समस्या खेप्नु परेको छ । रामेछाप जिल्ला भाग्यमानी जिल्लाभित्र पनि पर्छ । कारण सिन्धुली र सिन्धुपाल्चोकको लामोसाँघु दुई ठाउँबाट नै लाइन चार्ज भएको छ । केही समय अघि मात्र सिन्धुलीको लाइन चार्ज गरेपछि मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई निकै ठूलो राहत भएको छ ।


सुनापति र दोरम्बा गाउँपालिकामा भने सिन्धुपाल्चोकको लामोसाँघुबाट जडान गरिएको दुरी टाढा हुँदा बत्ती जाने समस्या यथावत नै रहेको छ । दोरम्बा र सुनापति गाउँपालिकालाई पनि मन्थली सबस्टेसनबाट नै विद्युत जडान गर्ने गृहकार्य भइरहेको छ । रामेछापवासीले खिम्तीमा रहेको हिमाल हाइड्रोपावरबाट नै मन्थली सबस्टेसनमा विद्युत जडान गर्नुपर्ने माग गर्दै आएका छन् । खिम्तीबाट नै लाइन जोडिएको खण्डमा बत्ती जाने समस्या नहुने र विद्युत प्राधिकरणलाई पनि फाइदा हुने माग गर्दे आएका छन् ।

पछिल्लो तथ्याङक अनुसार रामेछापमा ६ जना भन्दा बढी मानिसहरुको करेन्ट लागेर मृत्यु भएको छ । गाउँगाउँमा बिजुली गएको उत्साहसँगै दुर्घटनाको संख्या पनि बढ्न थालेपछि रामेछापवासी चिन्तित भएका छन् । यसै विषयमा नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीसँग गरेको कुराकानीः–

प्राधिकरणकै कमजोरीको कारण दुर्घटना भएको छैन्

रामेछापको खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका लगायतका अन्य क्षेत्रमा काठको पोल रहेको छ । ठूलो हावाहुरी आउदा काठको पोल ढल्न सक्ने सम्भावना हुन्छ । काठको पोल धेरै बर्ष टिकाउ पनि हुँदैन । अहिलेसम्म रामेछापमा करेन्ट लागेर मृत्यु भएका मध्ये कसैको पनि प्राधिकरणको कमजोरीको कारण मृत्यु भएको छैन् । करेन्ट लागेर मृत्यु हुनु दुःख विषय हो । यस बारेमा हामी गम्भीर छौं । जनतालाई जनचेतना जगाउने काम गर्ने सोच बनाएका छौं ।

जिर्ण काठको पोल विस्थापित गर्ने अभियान

हतारोमा बिजुली बाल्ने अभियानको कारण तत्कालिन अवस्थामा काठको पोल गाढेर नै गाउँगाउँमा बिजुली बाल्ने काम भयो । रामेछाप जिल्लाभित्र जिर्ण रहेका काठको पोल तत्काल फेर्ने अभियान अगाडि बढाएका छौं । जहाँ पुरानो काठको पोलकै कारण समस्या परेको त्यहाँ तत्काल पोल उपलब्ध गराउछौ । यो सँगै रामेछाप जिल्लाभित्र रहेका सबै काठको पोललाई विस्थापित गर्ने योजना रहेको छ ।

भाग्यमानी रामेछापवासी

रामेछापबासी भाग्यमानी नै भन्नु पर्छ । किनकी दुई स्थानबाट लाइन चार्ज भएको छ । रामेछापमा सिन्धुपाल्चोकको लामोसाँघु र सिन्धुलीबाट लाइन चार्ज गरिएको छ । यसो गर्दा लामोसाँघुको लाइन जादा सिन्धुलीको चार्ज हुन्छ । सिन्धुलीको जादा लामोसाँघुको लाइन चार्ज गरिन्छ । रामेछापमा अहिले धेरै लामो समय लाइन जादैन । किनकी दुवै ठाउँबाट लाइन चार्ज गर्दा फाइदा पनि भएको छ । लामोसाँघुबाट ल्याएको लाइनमा हावाहुरी जादा पटक–पटक समस्या आउने गरेको छ । यसको विकल्प भनेको रामेछापको लागि खिम्तीमा रहेको हिमाल हाइड्रोपावरबाट नै मन्थली सबस्टेसनमा विद्युत जडान गर्नु हो । मन्थलीबाट झण्डै १३ मिलोमिटर दुरीमा रहेको खिम्तीको लाइन जडान गर्दा सक्दा रामेछापवासीले गुणस्तरीय बिजुली बाल्न पाउछन भने विद्युत प्राधिरणको लागि पनि फाइदा नै हुन्छ । खिम्तीबाट विद्युत जडान गर्नको लागि रामेछापवासी नै लाग्नु पर्छ । नीतिगत रुपमा हामीले प्राधिकरणमा जानकारी गराइसकेका छौं ।

करेन्ट लाग्नबाट बच्ने पाँच उपाय

करेन्ट लाग्नबाट सावधानी अपनाउने हो भने सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । हुकिङ गरेर घरमा बिजुली नबाल्ने, मिटर जडान गरेर मात्र बिजुली बाल्ने, कही कतै चुहावट छ भने तुरुन्त नजिकैको प्राधिकरणका कार्यलयमा खबर गर्ने, कतै नाङगो तार देखिएको अवस्थामा प्राधिकरणलाई जानकारी गराउनु पर्छ । -रामेछाप न्युजबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ