पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौँ । कांग्रेस कार्यकताहरूले राष्ट्रिय जनता पार्टी नेपालको जनपुर उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको सम्पर्क कार्यालयमा आक्रमण गरेका छन् ।

मुरली चौकस्थित सम्पर्क कार्यालयमा बसिरहेका आफूहरुमाथि गाडीमा आएका कांग्रेस कार्यकताले आक्रमणसमेत गरेको आरोप राजपा कार्यकर्ताले लगाएका छन् ।

आक्रमणबाट राजपाका तीनजना कार्यकता घाइते भएका छन् भने राजपाको सम्र्पक कार्यालयका केही थान टेवल कुर्सी तोडफोड भएको छ ।

यता, निर्वाचन प्रचार प्रसारको अन्तिम दिन कांग्रेसले गरेको क्रियाकलपामाथि राजपा धनुषाले भर्त्सना गरेको छ । शान्तिपूर्ण रूपमा नारा जुलुस लगाइरहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कांग्रेस कार्यकर्तामाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी राजपाले दिएको छ ।

घटनापछि त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । -नयाँ पत्रिका दैनिक