2026-09-22 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी र एमालेका उम्मेद्वारलार्इ आयोगले सोध्यो स्पष्टीकरण

भदौ ३१, काठमाडौँ । निर्वाचन आयोगले बारा जिल्लाका विभिन्न तहका उम्मेदवारलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको टोली अनुगमनमा पुग्दा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।

आयोगले बाराको कलैया उपमहानगरपालिका– ८ का वडाध्यक्ष मनोजकुमार चौरसियालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै चौरसियालाई ४८ घन्टे स्पष्टीकरणमा सोध्ने क्रममा आयोगले तोकेभन्दा ठूलो आकारको माइकिङ र ब्यानर प्रयोग गरेकाले उम्मेदवारी किन रद्द नगर्ने भनी प्रश्न गरेको छ ।

त्यसैगरी, आयोगले बाराकै पर्सौनी गाउँपालिकामा माओवादी केन्द्रतर्फका अध्यक्षका उम्मेदवार विनोदप्रसाद जैसवाललाई उम्मेदवारी रद्द किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी, गम्छालगाई मोटरसाइकलसहित ¥याली देखेपछि जैसवाललाई स्पष्टीकरण सोधेको हो ।

बाराकै सिमरा उपमहानगरपालिकामा एमालेतर्फबाट मेयरका उम्मेदवार कृष्ण पौडेललाई पनि २४ घन्टे स्पष्टीकरण सोधेको छ । सिमरा विमानस्थलमा सयौँको संख्यामा नेता कार्यकर्ताले एमालेको निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी र गम्छा प्रयोग गरेकोे भन्दै उम्मेदवारी किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगको निर्देशन

प्रमुख आयुक्त यावदले पर्सा र बारा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्वाचन शान्तिपूर्ण र सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा भरपर्दो बनाउन निर्देशन दिएका छन् ।

आयुक्तहरू नरेन्द्र दाहाल र सुधीरकुमार शाहले रौतहटको गौर र सर्लाहीको मंलगवा क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । उनीहरूले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षा निकायबीच समन्वयकारी भूमिका देखाउन निर्देशन दिएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो