२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीयतामा गयो सेना, थपियो पृतना, फेरियो नाम

२०७४, ३१ भाद्र शनिबार ०१:४१

भदौ ३१, काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । 

विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ ।

‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’, नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने ।

सेनाले प्रदेश नं. २ र ५ हेर्नेगरी दुई पृतना थपेको छ । कडायतका अनुसार, प्रदेश नं. २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं. को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश नं. ६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ