२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना: के छ मोदीको सन्देशमा ?

२०७४, ३ आश्विन मंगलवार ०१:२६

असोज ३, काठमाडौँ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । 

संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो । पहिलोपटक भारतीय नेतृत्वले शुभकामना दिएर नेपाल नीति बदलेको सन्देश दिएको छ ।

भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउँदा नेपालमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको थियो । ३ असोज २०७२ मा संविधान जारी हुनु दुई दिनअघि भारतीय प्रधानमन्त्री मोदीले विदेशसचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाएर संविधान स्थगित गर्न दबाब दिएका थिए । भारतको दबाब अस्वीकार गरी प्रमुख दल कांग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको थियो ।

भारतको सन्देश ‘अर्थपूर्ण’

भारतको शुभकामना सन्देशलाई नेपाल सरकारले अर्थपूर्ण रूपमा लिएको छ । ‘संविधान दिवसका अवसरमा मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट आएको शुभकामना सन्देशले ठूलो अर्थ राखेको छ, यसलाई हामीले महत्वपूर्ण मानेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘दुई देशबीच समझदारी बढिरहेको अर्थमा यसलाई बुझ्नुपर्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशलाई संविधानसभामार्फत नेपालले जारी गरेको संविधानको अनुमोदन र स्वागत गरेको अर्थमा बुझ्नुपर्ने बताए । ‘यसरी स्वागत गरेपछि संविधान जारीसँगै नेपाल र भारतबीच रहेको अविश्वासको मात्र अन्त्य भएको छैन, विकास, स्थिरता र शान्तिका लागि भारतले दिएको शुभकामनाले नेपाल–भारत सम्बन्ध पनि थप प्रगाढ र घनिष्ठ भएको छ,’ वाग्लेले भने ।

मोदीको सन्देशमा के छ ?

भारतका प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई पठाएको सन्देशमा शान्ति, स्थायित्व र विकासको राष्ट्रिय प्रयास प्राप्त गर्ने नेपाली जनताको चाहनालाई समर्थन गर्न भारत दृढ रहेको उल्लेख छ । उनले दुई देशबीच जनस्तरको सम्बन्धद्वारा निर्देशित मित्रता रहेको पनि जनाएका छन् । मोदीले प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले दुई देशबीच सम्बन्ध थप मजबुत भएको तथा बहुआयामिक द्विपक्षीय साझेदारी थप मजबुत पारेको उल्लेख गरेका छन् ।

‘निकटको छिमेकी र मित्रका रूपमा भारत नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र विकास प्राप्तिको राष्ट्रिय प्रयासमा सहयोग गर्न दृढ रहेको म उल्लेख गर्न चाहन्छु,’ मोदीको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय राष्ट्रपति कोविन्दले सन्देशमा नेपाल–भारत सम्बन्ध पुरानो, अद्वितीय र बहुआयामिक रहेको भन्दै आपसी लाभका लागि नयाँ र विविध क्षेत्रमा द्विपक्षीय साझेदारी वृद्धि भएको पनि उल्लेख गरेका छन् । ‘भारत नेपाली जनता र नेपाल सरकारसँग मिलेर दुई देशका जनताको हित प्रवद्र्धन तथा मित्रवत् र निकट सम्बन्ध अभिवृद्धिका लागि काम गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति कोविन्दले भनेका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको बेग्लै सन्देश

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङले नेपाली समकक्षीहरूलाई बेग्लाबेग्लै सन्देश पठाएर शुभकामना दिएका छन् । ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशमा नेपाल–चीन सम्बन्धको विकासक्रम र दुई देशबीच विभिन्न क्षेत्रमा गहिरिएको साझेदारीसहितको निरन्तरतालाई उच्च महत्व दिइएको उल्लेख छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, जापानका सम्राट् अकिहितोले राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा नेपाली जनता र सरकारलाई बधाई दिइएको छ । उनले नेपाली जनताको समुन्नति र खुसीका लागि सन्देशमा शुभकामना व्यक्त गरेको पनि परराष्ट्रले जनाएको छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गैयुमले शुभकामना पठाउँदै दुई देशबीचको बलियो सम्बन्धले नेपाली जनता र समग्र सार्क क्षेत्र लाभान्वित हुने उल्लेख गरेका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ