2026-11-05 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरिब देशका धनाढ्य मन्त्रीहरूः कुन मन्त्रीको सम्पति कति ?

असोज ५, काठमाडौं । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ । प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ । उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन ।

देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ । प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ ।

सरकार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ मा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन्। उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन् । उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ। उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन् । मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन्। गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक छ ।

यस्तै, अन्य केही मन्त्री पनि करोडपति देखिएका छन् । सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, कृषि विकासमन्त्री रामकृष्ण यादव, भौतिक योजनामन्त्री वीरबहादुर बलायर, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरसँग करोडौं सम्पत्ति छ ।

अधिकांश मन्त्री सुनको पारखी देखिएका छन् । उनीहरूले आफूसँग रहेको सुन विवाहमा दाइजो आएको र श्रीमतीको पेवाका रूपमा रहेको उल्लेख गरेका छन्। उपप्रधानमन्त्री गच्छदारसँग ७५ तोला सुन र २७५ तोला चाँदी छ । अर्थमन्त्री कार्कीसँग सुन ३० तोला, चाँदी २५० तोला र हीरासेट २ वटा छ। यसैगरी, कृषिमन्त्री रामकृष्ण यादवसँग सुन ५० तोला, चाँदी ५ केजी छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको पनि ५० तोला सुन र ११० तोला चाँदी छ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको पनि २९ तोला सुन र ५५ तोला चाँदी छ । गृहमन्त्री प्रभाकरको सुन ५ तोला, चाँदी २० तोला छ भने युवा तथा खेलकुदमन्त्री केसीको ६५ तोला सुन र ३ सेट हीरा तथा १५० तोला चाँदी छ ।

महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का पनि करोडपति देखिएका छन् । सम्पत्ति विवरण सार्वजनिक गरिएकामा २१ जना मन्त्री र पाँच राज्यमन्त्री छन्। सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु गरिएको मुख्यसचिव क्षेत्रीले बताए ।

सामान्यतय प्रधानमन्त्री र मन्त्रीहरूले पदमा पुगेको १५ दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थियो । कानुनमा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, प्रधानमन्त्रीलगायत २४ जना मन्त्रीले पदीय जिम्मेवारी सम्हालेको एक सय ४ दिनपछि मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण लुकाउने प्रयास गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। अझै ३२ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। ५६ सदस्यीय मन्त्रिमण्डलमा मन्त्री दीपक बोहरा, सुनीलबहादुर थापा, विक्रम पाण्डे, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, अम्बिका बस्नेत, भीमसेनदास प्रधान र सञ्जयकुमार गौतमको भने सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट