२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल

२०७४, ५ आश्विन बिहीबार ०१:५३

असोज ५, काठमाडौँ । ८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती चीन भाग्न सफल भएका छन् । 

केरुङ नाका भएरै उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको छ । तस्करीमा संलग्न काठमाडौंका अन्य पाँच व्यवसायीलाई भने प्रहरीले पक्राउ गरेको छ । यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ नाका भएरै उनी भागेकी हुन् । उनका श्रीमान् पनि चीन गइसकेको प्रहरी अनुमान छ ।

कारोबारीहरू पुरानै

मुख्य नाइके भागेपछि चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुनपसलेहरू भने पक्राउ परेका छन् । सुन बरामद भएको दुई सातापछि थप पाँच व्यवसायी पक्राउ परेका हुन् । उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिस्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल दुई वर्षअघि पनि नौ किलो सुनसहित पक्राउ परेका थिए । 

८८ किलो सुन तस्करीमा पनि उनको संलग्नता भेटिएको एसएसपी लोहनीले बताए । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीसहित प्रहरीले रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी गर्ने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको हो । उनीहरूमध्ये अग्रवाल र बडू चिनियाँको व्यवसायी साझेदार भएको एसएसपी लोहनीले बताए । अन्य तीनजना उनीहरूबाट तस्करीको सुन लिएर कारोबार गर्ने व्यक्ति हुन् । ‘तस्करीमा यिनीहरू मात्र संलग्न छन् भन्ने होइन,’ एसएसपी लोहनी भन्छन्, ‘ठूलो गिरोह नै संलग्न छ ।’ धेरैजसो न्युरोड क्षेत्रमा सुनपसल चलाउने भएको प्रहरी स्रोत बताउँछ ।

सुन र नगद बरामद

पक्राउ परेकाबाट प्रहरीले सुन तथा नगद पनि बरामद गरेको छ । बडुबाट १० लाख नेपाली रुपैयाँ, आठ हजार भारु तथा एक हजार एक सय अमेरिकन डलर प्रहरीले बरामद गरेको हो । त्यस्तै शाक्यबाट एक करोड ९२ लाख नगद र एक केजी दुई सय नौ ग्राम सुन बरामद भएको छ । अग्रवालबाट १३ लाख ५० हजार बरामद भएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

गत १९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थिये । सुन तस्करीमा सहयोग पु¥याएको आरोपमा तीन चालकसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । 

प्रहरीले १९ भदौमा मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । उनलाई बा.१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पु¥याउन लगाइएको थियो । सोही गाडी रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पनि पक्राउ प्रहरी हिरासतमा छन् ।८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल

असोज ५, काठमाडौँ । ८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती चीन भाग्न सफल भएका छन् । 

केरुङ नाका भएरै उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको छ । तस्करीमा संलग्न काठमाडौंका अन्य पाँच व्यवसायीलाई भने प्रहरीले पक्राउ गरेको छ । यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ नाका भएरै उनी भागेकी हुन् । उनका श्रीमान् पनि चीन गइसकेको प्रहरी अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ