१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

माओवादी केन्द्रले छान्यो प्रदेश र प्रतिनिधि सभा उम्मेदवार

६ आश्विन २०७४, शुक्रबार ०१:३६

असोज ६, बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। गएको तीनदेखि बसेको जिल्ला कमिटिको बैठकले बिहीबार उम्मेद्वारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य ) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। प्रदेश सभाका लागि समानुपातिक तर्फ जिल्ला कमिटि सदस्य भुवनचन्द्र विश्वकर्मा(शान)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारको टुंगो लगाएसंगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णय समेत गरेको छ।

यस्तै जिल्लामा अन्य दलहरुले पनि चुनाव केन्द्रित आन्तरीक छलफललाई तीव्रता दिएका छन्। नेपाली कांग्रेसले यही असोज १० गतेभित्र उम्मेदवारका बिषयमा राय सुझाव पेश गर्न गाउँ र नगर समितिलाई निर्देशन दिएको जिल्ला सचिव बीरबहादुर बिष्टले जानकारी दिए। यही असोज १६ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गर्ने उनले बताए।

नेकपा एमालेले पनि उम्मेदवार छनौटका लागि तयारी गरिरहेको कार्यालय सचिव सरस्वती नेपालीले बताइन्। उनले भनिन् ‘पार्टीको जिल्ला कमिटि सचिवालयको बैठक बसेर संगठन विस्तार र आगामी निर्वाचनमा कसरी जाने भन्ने बिषयमा छलफल गरेको छ। उम्मेदवार छनौटका बिषयमा यही असोज १९ गते बस्ने जिल्ला कमिटिको बैठकमा छलफल हुन्छ।’

यसै राष्ट्रिय प्रजातन्त्र पार्टीको केही दिन अघि बसेको जिल्ला कार्यसमितिको बैठकमा आगामी निर्वाचनका बारेमा छलफल गरेको पार्टी अध्यक्ष प्रेमबहादुर चन्दले बताए । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह