२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ एमालेमा उम्मेदवार चयनका दुई विकल्प

२०७४, ८ आश्विन आईतवार ०१:३५

असोज ८, काठमाडौं ।

जिल्ला र प्रदेशलाई अधिकार या खुला मतदान

बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले विधि, प्रक्रिया र मापदण्डबाहिर गएर उम्मेदवार चयन गर्ने प्रवृत्ति उत्कर्षमा पुगेको र त्यसले पार्टीले धेरै ठूलो क्षति व्यहोरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । 

उनीहरूले विकल्पमा उम्मेदवार छनोट गर्ने केन्द्रको अधिकार जिल्ला र प्रदेश संगठन कमिटीलाई दिइनुपर्ने र धेरै विवाद हुने स्थिति आए सम्बन्धित क्षेत्रका संगठित सदस्यहरूको ‘भोटिङ’मार्फत उम्मेदवार टुंग्याउनुपर्नेमा जोेड दिएका छन् । 

केही केन्द्रीय सदस्यहरूले भने प्रतिनिधिसभाका उम्मेदवार स्थायी समिति र प्रदेशसभाका उम्मेदवार सम्बन्धित प्रदेशबाटै टुंगो लगाउनुपर्ने विकल्पसहितका सुझाब प्रस्तुत गरेका छन् । गुटबन्दी हाबी हुँदा प्रदेश १ को झापा, मोरङ, सुनसरी, भोजपुर, प्रदेश नम्बर २ को रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतमा पार्टीले ठूलो क्षति व्यहोरेको केन्द्रीय सदस्यहरूले बताएका थिए । 

त्यस्तै, एकपटक समानुपातिकबाट उम्मेदवार बनिसकेकालाई पटक–पटक त्यही कोटामा उम्मेदवार बनाउन नहुने, सकेसम्म छिटो उम्मेदवार छनोट प्रक्रिया टुंग्याउनुपर्ने उनीहरूको भनाइ थियो । एमालेले अहिलेसम्म क्षेत्र, जिल्ला र प्रदेश हुँदै स्थायी समितिबाट उम्मेदवार टुंगो लगाउँदै आएको छ ।

दलको नेता फेर्न सकिने नेपाल पक्षको चेतावनी

संस्थापन पक्षका अधिकांशले अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्नेमा जोड दिएपछि नेपाल पक्षीय कतिपय केन्द्रीय सदस्यले विगतको नजिरका आधारमा संसदीय दलको नेतामा भविष्यमा ‘भोटिङ’ हुन सक्ने चेतावनी दिएका छन् । 

‘हिजो हामीले अध्यक्ष नै संसदीय दलको नेता हुनुपर्ने कुरा उठाउँदा भोटिङ गरेर अध्यक्षलाई हटाइयो, हिजो त्यही कुरा अहिलेका अध्यक्षले लोकतान्त्रिकपद्धतिका रूपमा अभ्यास गरेकाले आज उहाँ मात्रै निर्विकल्प प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने स्थिति छैन,’ बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले उठाएको सुझाब उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार बन्ने, तर भोलि दलको नेतामा उहाँले रोक्न सक्नुहुन्छ कि सक्नुहुन्न ? हारजितलाई स्वीकारेर प्रधानमन्त्रीको उम्मेदवार मान्नुहुन्छ कि हुन्न ?’

संस्थापन पक्षकै पोलिटब्युरो सदस्य सानु श्रेष्ठले अहिले नै मुख्यमन्त्री तोकेर जाँदा विपक्षीले गठबन्धन गरेर पार्टीको उम्मेदवारलाई प्रदेश सभामै हराउन सक्ने कुराप्रति सचेत बन्नुपर्नेमा जोड दिएका थिए । 

‘त्यसरी जाँदा सबै मिलेर मुख्यमन्त्रीका उम्मेदवारलाई नै प्रदेश सभामा हराए भने स्थिति के हुन्छ ? उम्मेदवार उठेको ठाउँमा एमालेविरुद्ध गठबन्धन भयो भने कसरी सामना गर्ने ?,’ श्रेष्ठको प्रश्न थियो ।

मुख्यमन्त्रीमा युवा अनुहारलाई प्राथमिकता

राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे, रवीन्द्र अधिकारी, रामकुमारी झाँक्रीलगायत एक दर्जन बढी केन्द्रीय सदस्यले सांसद टिकट वितरणमा अवसर नपाएका युवा अनुहारलाई प्राथमिकता दिनुपर्ने, मुख्यमन्त्रीमा पनि युवालाई अघि सार्दा मात्रै देशव्यापी पार्टीको पक्षमा चुनावी माहोल सिर्जना हुन सक्ने धारणा राखेका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ