असोज ९, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दोस्रो कार्यकालको एक वर्ष नपुग्दै राजीनामा दिएर राजनीतिमा सक्रिय हुने भएका छन् ।

गत वर्ष १३ कात्तिकमा मन्त्रीस्तरीय कूटनीतिक हैसियतमा राजदूत नियुक्त भएका उपाध्यायले असोज असोज तेस्रो साता राजीनामा दिने घोषणा गरेका हुन् ।

दशैंपछि काठमाडौं आएर राजीनामा दिने र स्वीकृत भएपछि दिल्ली गएर बिदावारी हुने उनको तयारी छ ।

‘भारतसँग सम्बन्ध सुदृढ भएको छ, त्यही उद्देश्का लागि म आएको थिएँ,’ भारतका लागि राजनीतिक मिसन सम्पन्न भएको निष्कर्ष निकालेर राजीनामा दिने निर्णयमा पुगेको हुँ’, उपाध्यायले भने, ‘दशैंलगत्तै राजीनामा दिन काठमाडौं आउँदैछु ।’

राजनीतिमा फर्किन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले समेत अनुमति दिइसकेको पनि उपाध्यायले बताए । -नयाँ पत्रिका दैनिक