2026-09-22 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकर्ता पोस्न राज्यकोष दोहनः १० करोड वितरण

असोज १०, काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । 

गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र कांग्रेस, माओवादी केन्द्रका उच्च नेता निकटका ८ सय १९ जनालाई १० करोडभन्दा बढी रकम वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरिसकेकाले सरकारलाई कुनै पनि आर्थिक सहायता वितरण नगर्न सचेत पार्दै आए पनि त्यसलाई बेवास्ता गर्दै सरकारले आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको हो । 

२ असोजको निर्णय भए पनि सार्वजनिक हुँदा ठूलो विरोध हुने डरले सरकारले त्यसलाई गोप्य राखेको छ । अाजको अन्नपूर्णमा खबर छ-राज्यकोषबाट एकै दिन यति धेरै संख्यामा रकम वितरण गरिएको यो पहिलो पटक हो ।

सरकारले गृहको ठाडो प्रस्तावमा विभिन्न व्यक्तिलाई ५० हजारदेखि ५ लाख रूपैयाँसम्म वितरण गरेको छ । रकम पाउने ८ सय १९ जनाको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आर्थिक सहायता वितरणको निर्णय गरेर त्यसको भोलिपल्ट ३ असोजमा संयुक्त राष्ट्रसंघको १२ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । 

गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले राज्यकोषबाट १० करोडभन्दा बढी रकम वितरण गर्ने निर्णय गरेको हो । गृहमन्त्री जनार्दन शर्माको त्रासका कारण गृह मन्त्रालयका सचिव सह-सचिवलगायत अधिकारीले यो प्रस्तावलाई गोप्य नै राखेका छन् । गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले राज्यकोषबाट १० करोडभन्दा बढी रकम वितरण गर्ने निर्णय ।

आर्थिक सहायता वितरण सम्बन्धमा विवरण माग्दा गृहसचिव लोकदर्शन रेग्मी सम्पर्कमा आउन चाहेनन् । मन्त्रालयको लेखा शाखाले पनि विवरण गोप्य नै राख्न खोज्यो । लेखा शाखाले पनि त्यससम्बन्धी विवरण प्राप्त भए पनि दिन नमिल्ने बतायो ।‘आर्थिक सहायतावितरण भएको हो तर क-कसले पाए भन्ने कुरा दिन मिल्दैन’, लेखाका एक अधिकारीले सोमबार भने । गृह प्रवक्ता रामकृष्ण सुवेदीले पनि आर्थिक सहायता वितरण भएको सत्य भएको तर आपूmकहाँ त्यससम्बन्धी फाइल आइनपुगेको बताएर पन्छिन खोजे । ‘आर्थिक सहायता वितरणसम्बन्धी निर्णय भएको सत्य हो, विस्तृत विवरण सचिवज्यूकोबाट मकहाँ आउन बाँकी छ’, गृह प्रवक्ता सुवेदीले भने ।

मन्त्रालयकै सहजीकरण शाखाका अधिकृत ध्रुवबहादुर शाह विवरण लुकाउन तल्लीन देखिन्थे । ‘माथिबाटै सबै भएको हो, हामीलाई केही पनि थाहा छैन’, शाहले भने । माथिबाट निर्णय भएर आर्थिक सहायता पाउनेको सूची भने सहजीकरण शाखामा आइपुगेको उनले बताए । ‘तर यो विवरण दिन मिल्दैन, यसलाई गोप्य नै राख्ने आदेश छ’, शाहले भने । यसअघि आर्थिक सहायतासम्बन्धी सबै प्रस्ताव गृह मन्त्रालयको सहजीकरण शाखाबाटै अघि बढ्ने गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार आर्थिक सहायता पाउनेमा सत्तासीन दलका नेता-कार्यकर्ता र कथित ठूलाबडा र उनीहरूका आसेपासे छन् ।गृहस्रोतका अनुसार उच्च राजनीतिक पहुँच भएकाले यसरी आर्थिक सहायता पाउँदै आएका छन् । ‘गरिब विपन्न, अशक्त र पहुँच नभएका नागरिक उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरूले उपचार खर्चबापत सुको पनि पाउँदैनन्’ गृहका एक अधिकारीले भने । 

ती अधिकारीका अनुसार त्यस्ता विपन्न नागरिकलाई नै आर्थिक सहायता दिने गरी गृह मन्त्रालयले बनाएको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिको खिल्ली उडाउँदै गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उच्च, सम्भ्रान्त र राजनीति पहुँचवालालाई लाखौं बाँड्दै आएको हो ।

गृह अधिकारीका अनुसार गृहको प्रस्तावमा रकम दिलाउन ठूलै दलाल समूह केही वर्षदेखि सक्रिय छ । त्यो समूहले केही व्यक्ति बिरामी भएको नक्कली प्रमाण बनाएर उनीहरूको निवेदन मन्त्रालयमा दर्ता गराउँछ र मन्त्री तथा राजनीतिक नेतृत्वको पहुँच प्रयोग गरी ती व्यक्तिलाई लाखैाँ आर्थिक सहायता दिलाउने गरेको र त्यसबापत निश्चित कमिसन खाने गरेको गृहका अधिकारीले जनाएका छन् ।

चालु आर्थिक वर्ष ०७४÷७५ साउन-भदौ महिनामा मात्रै गृहमन्त्रीको प्रस्तावमा सरकारले ४ करोड ७६ लाखभन्दा बढी रकम वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार ५ साउनमा १२ जनालाई १ करोड १२ लाख र १२ साउनको मन्त्रिपरिषद् बैठकले १० जनालाई ८५ लाख वितरण गर्ने निर्णय गरेको थियो ।

यसैगरी, ५ भदौमा ९० जनालाई २ करोड ५९ लाख र १९ भदौमा ८ जनालाई २० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरिएको थियो । स्रोतका अनुसार गृहले आर्थिक सहायता भन्दै हचुवाका भरमा लाखौं रुपैयाँ दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने गरेको छ ।मन्त्रिपरिषद्ले पनि बुझ्दै नबुझी राज्यकोषबाट करोडैाँ रुपैयाँ वितरण गर्ने प्रस्तावलाई हचुवाकै आधारमा निर्णय गर्ने गरेको छ ।

गृहमन्त्री शर्माले मन्त्रालयमा सुधारमुखी मन्त्रीको छवि बनाउन खोजे पनि एकै दिन ८ सय १९ जनालाई १० करोडभन्दा बढी रकम वितरण गर्ने प्रस्ताव लगेको भन्दै मन्त्रालयभित्रै आलोचना भएको छ ।

‘गृहमन्त्रीले बारम्बार नैतिकता र इमानदारीको पाठ पढाउने गर्छन् तर मापदण्डविपरीत करोडौं आर्थिक सहायता वितरणको प्रस्ताव आफैं मन्त्रिपरिषद्मा पेस गर्छन्, यसलाई के भनेर बुझ्ने ? ’ गृह मन्त्रालयका एक उपसचिवले प्रश्न गर्दै भने ।

रकम वितरणको सिलसिला

– साउन-भदौमा ४ करोड ७६ लाख वितरण

– ५ साउनमा १२ जनालाई १ करोड १२ लाख

– १२ साउनमा १० जनालाई ८५ लाख वितरण

– ५ भदौमा ९० जनालाई २ करोड ५९ लाख

– १९ भदौमा ८ जनालाई २० लाख रुपैयाँ वितरण

– असोज २ मा ८१९ जनालाई १० करोड वितरण

– ५० हजारदेखि ५ लाख रुपैयाँसम्म वितरण

– रकम पाउने ८१९ जनाको नाम भने गोप्य

– गृहका अधिकारी प्रस्ताव गोप्य राख्न बाध्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो