२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण माओवादी तालमेलमा नअलमलिने

२०७४, १० आश्विन मंगलवार ०१:४०

असोज १०, काठमाडौं । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । 

कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही-कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ ।

‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल (बलदेव) ले अन्नपूर्णसँग भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुन सक्छ । हामी अहिल्यै तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दै छौं ।’

माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् । एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस-माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले गर्नुपर्ने मत बलियो रूपमा उठेपछि त्यस्तो गठबन्धन प्रयासका विषयमा एमाले-माओवादी दुवै पार्टीभित्र बहस सुरु भएको छ ।

तर, माओवादीका केही नेता एमाले अध्यक्ष ओलीको माओवादीलाई गर्ने व्यवहार र कार्यशैलीका कारण एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका छन् ।‘एमालेसँग गठबन्धन हुँदै नभएको होइन, हामीले गरेकै हौं तर गठबन्धन तोड्ने काम माओवादीले गरेको होइन, एमालेले भएका सहमति कार्यान्वयन नगरी माओवादीलाई प्रयोग मात्र गर्न खोज्दा भत्किएको हो’, खनालले भने ।

आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनमा पनि के कांग्रेससँगकै गठबन्धनमा माओवादी टिकिरहन्छ त ? खनाल त्यस्तो सम्भावना पनि लामो समय नरहने बताउँछन् ।‘कांग्रेसमा केन्द्रबाट भएको निर्णय तल्ला कमिटीमा लागू नै नहुने समस्या छ, कांग्रेसका तल्ला तहका कार्यकर्ता अलि बढी स्वच्छन्दजस्तो र क्याडर बेस भन्दा पनि मास बेसमा रहेका कारण गठबन्धन टिकाउन समस्या देखिन्छ’, खनालले चुनावी गठबन्धनमा कांग्रेस-एमालेसँगको माओवादी सम्बन्ध विश्लेषण गर्दै भने, ‘कांग्रेससँगको गठबन्धनभन्दा एमालेसँगको गठबन्धन कार्यान्वयनमा लैजान सजिलो देखिन्छ ।

एमालेसँगको गठबन्धन सापेक्षित रूपमा कांग्रेससँग भन्दा सजिलो, कार्यकर्तालाई भोट हाल्न पनि खुसीसाथ जान सक्ने वातावरण निर्माण गर्न सक्छ । तर, अहिले माओवादी तालमेलका विषयमा खुलिसकेको छैन ।’

स्थानीय तह निर्वाचनमा माओवादीले धेरै स्थानमा कांग्रेससँग तालमेल गरेको पनि थियो । तर, केही मात्रामा तालमेल सफल देखिए पनि पूर्णरूपमा सफल भने हुन नसकेको निष्कर्षमा माओवादी छ । दुई नम्बर प्रदेशमा केन्द्रले तालमेल गर्न गरेको प्रयास तल्ला कमिटीले नमानेका कारण सम्भव हुन सकेन । यसले पनि दुई पार्टीको गठबन्धन टिकिरहने अवस्था देखिँदैन ।तर, एमालेसँगको गठबन्धनमा भने दुवैका क्याडर बेस पार्टी भएका कारण टिक्न सक्ने विश्वासमा माओवादी छ ।

एमाले नेता वामदेव गौतमले यो बीचमा एमाले-माओवादीबीच एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेसम्मका प्रस्ताव सार्वजनिक रूपमै राखेका थिए । तर, त्यस्तो प्रस्ताव तत्काल सम्भव नभएको खनालले बताए ।

उनले चुनावी तालमेल कार्यनीतिक प्रश्न मात्र भएकाले दुवै पक्षले सहमति कार्यान्वयन गर्ने सर्तमा आवश्यकताका आधारमा जुनकुनै (कांग्रेस-एमाले) दलसँग हुन सक्ने भए पनि तत्काल भने माओवादी आफ्नै तयारीमा लाग्ने प्रस्ट्याए । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ