२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनजनाको लोभलाग्दो मित्रता: यो पो हो त आत्मीयता !

२०७४, १० आश्विन मंगलवार ०२:०४

असोज १०, काठमाडौं । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । 

तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन् । सँगै हाँस्न अनि रमाउन चाहन्छन् । कतारबाट नेपाल फर्केका उनीहरू अहिले पनि एकअर्कासँग छुट्टिन चाहिरहेका छैनन् ।


उनीहरूको आत्मीयता देख्दा लाग्छ, प्रतियोगिताको जितहार हुन बाँकी नै छ । अर्थात्, विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप भएको अनुभूति उनीहरूमा खासै देखिँदैन ।नेपाल आइडलको फाइनलपछि पहिलोपटक अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै तीनैजनाले आआफ्नो अनुभूति साटेका छन् । ‘लगभग चार महिना सँगै बस्यौं । हामीबीच हरेक कुरा सेयर हुन्थ्यो’, नेपाल आइडल विजेता बुद्ध लामा भन्छन्, ‘अहिले पनि हाम्रो आत्मीयता उस्तै छ । हामी प्रतिस्पर्धी हौं भन्ने कहिल्यै लागेन ।’

लगभग पाँच महिनाअघि नेपाल आइडलको अडिसन हुँदा तीनैजना सामान्य व्यक्ति थिए । परिवार, आफन्त अनि छरछिमेकमा सीमित उनीहरूको परिचय अहिले सात समुद्र पारिसम्म फैलिएको छ । नेपाल आइडलको फाइनलमा पुगेपछि उनीहरूको शान र मानको आकलन नौ करोड ३१ लाख ८३ हजार तीन सय ३५ भोट, फाइनलका लागि कतारमा ओइरिएका हजारौं दर्शक अनि उनीहरूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हजारौंको भीडबाट सजिलै गर्न सकिन्छ ।

नेपालमा पहिलोपटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चचाइज सेरिज आइडलको नेपाली संस्करणले नेपाली टेलिभिजनमा क्रान्ति ल्याएको बताउनेहरूको कमी छैन । यति भव्य प्रतियोगिताको फाइनलमा पुगेका तीन युवाबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । प्रतियोगिताका फस्ट रनरअप निशान भट्टराईको अनुभूति पनि त्यस्तै छ ।

‘प्रतिस्पर्धा भनेपछि हामीमात्रै होइन, अडिसनमा सहभागी हुनेहरूको समेत चाहना जित नै हुन्छ’, निशानले भने, ‘तर हामी कसरी राम्रो प्रस्तुति दिने भनेर एकअर्कामा सल्लाह गथ्र्यौं । कोही बाहिरिँदा नमीठो लाग्थ्यो । फाइनलपछि पनि हामीबीचको आत्मीयता उस्तै छ ।’ नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगितामा फस्ट रनरअप हुनु गौरवको विषय भएको निशानको भनाइ छ । ‘मैले जुन पोजिसन हासिल गरेँ, त्यसमा खुसी र सन्तुष्ट छु ।’

नेपाल आइडल विजेता बुद्धलाई भाइ भनेर सम्बोधन गर्छन् सेकेन्ड रनरअप प्रताप दास । 

बुद्ध पनि मायाले प्रताप दाइ भन्छन् । बुद्ध र निशानबीचको मित्रता देख्दा लाग्छ, उनीहरू प्रतिस्पर्धी नभई सहोदर दाजुभाइ हुन् । ‘प्रतियोगिता सकियो तर हाम्रो यात्रा जारी छ’, प्रतापले भने, ‘यतिका समय सँगै बसेर बिताएका क्षणहरू स्मरणीय छन् । हामी अब अलग हुनु परे पनि एकअर्कालाई जरुर मिस गर्छौं ।’ अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ