2026-09-22 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी दुई मन्त्रीलाई सरकारबाट किन फिर्ता बोलाउँदैछन् गच्छदार ?

असोज १०, काठमाडौं । लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।

कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको हो ।  बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए। त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए ।

पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए। ‘दसैँलगत्तै पर्यटनमन्त्री जितेन्द्र देव र भूमिसुधारमन्त्री गोपाल दहितलाई पार्टीले फिर्ता बोलाउँछ,’ चौधरीले भने, ‘उहाँहरूलाई दसैँपछि फिर्ता बोलाएर अन्य नेताहरूलाई सरकारमा पठाइनेछ ।’ पहिलेको सहमतिअनुसार नै देव र दहितलाई फिर्ता बोलाउन लागिएको उनले जनाए ।

उनीहरूको काम सन्तोषजनक नभएको र गृहजिल्लामा समेत स्थानीय तह निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेको आरोप देव र दहितमाथि लागेको छ । दुवै मन्त्रीमाथि आर्थिक चलखेल गरेको र पार्टीमा सल्लाह नगरी आफूखुसी निर्णय गरेको आरोप पनि लागेको छ।

स्रोतका अनुसार पर्यटनमन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर मोटो रकम बुझ्दै नयाँ व्यक्तिलाई महानिर्देशक बनाउन लागेको समाचार प्रकाशित भएपछि पार्टी अध्यक्ष विजयकुमार गच्छदारसमेत असन्तुष्ट थिए । 

स्रोतका अनुसार मन्त्री देवले बौद्धनाथ क्षेत्र विकास समिति र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा राजनीतिक नियुक्ति गर्दा चर्को रकम असुलेको सूचना पाएपछि गच्छदारले बोलाएर मौखिक स्पष्टीकरणसमेत सोधेका थिए । स्पष्टीकरणको जवाफमा मन्त्री देवले चित्तबुझ्दो जवाफ दिन नसकेको स्रोतको दाबी छ ।

भूमिसुधारमन्त्री दहितले भूमाफियासँग चर्को रहम असुलेर पार्टीलाई बदनाम गर्ने खालका निर्णय गरेको पार्टी नेताहरूको दाबी छ । दहित कार्यक्रममा पुगेका वेला दाङमा प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक स्थानमा दुव्र्यवहार गरेपछि आलोचित बनेका थिए । दहितले थरुहट पार्टीलाई लोकतान्त्रिक फोरममा विलय गराएर सहअध्यक्ष बनेका थिए । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।

जितेन्द्र देव

पर्यटनमन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर नयाँ मान्छेलाई महानिर्देशक बनाउन लागेको खबर प्रकाशित भएपछि पार्टी अध्यक्ष विजयकुमार गच्छदारसमेत असन्तुष्ट

गोपाल दहित

भूमिसुधारमन्त्री दहितले भूमाफियासँग चर्को रकम असुलेर पार्टीलाई बदनाम गर्ने खालका निर्णय गरेको पार्टी नेताहरूको दाबी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो