२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले माओवादी एकताको लागि यसरी जुट्यो सहमति

२०७४, १७ आश्विन मंगलवार ०२:४३

असोज १७, काठमाडौँ | प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् ।

यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ । दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् ।

तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ ।

यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए ।

‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, नेता श्रेष्ठले भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो । तर, टुंगोमा पुगिसकेका छैनौं । भोलि (मंगलबार) हामी दुवै पार्टीको शीर्ष तहमा छलफल गरेर एउटा टुंगोमा पुग्ने प्रयास गर्छौं ।’

पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन् । त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र वामदेव गौतम अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो । – अन्नपुर्ण पोष्ट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा