By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?

साझासवाल
Last updated: October 4, 2017 1:58 am
साझासवाल
10 Min Read
Share

असोज १८, काठमाडौं । ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन् । 

Contents
  • यस्तो हुन्छ तालमेल
  • निर्वाचन चिह्नमा विमति
  • के भने नेताहरूले
  • ‘एकता र तालमेल कसैविरुद्द परिलक्षित छैन’

फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्।

माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो। सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी तथा अग्रगामी परिवर्तनकारी शक्तिहरूलाई पनि एउटै कम्युनिस्ट केन्द्रमा सहभागी भई अगाडि बढ्न उनीहरूले अपिलसमेत गरेका छन्। वामपन्थीहरूबीच हुन लागेको यो एकता र चुनावी तालमेल कसैविरुद्ध लक्षित नभई देशको आवश्यकताका आधारमा निर्माण भएको घोषणासभामा सहभागी शीर्ष नेताले बताएका छन्।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए। तत्कालका लागि चुनावी तालमेल र संघीय संसद् (प्रतिनिधिसभा) र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने सर्तमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्या‍उन तीनै पार्टीले मंगलबार नै एकता संयोजन समितिसमेत बनाएका छन्। समितिमा एमालेबाट चार, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिबाट एकजना रहने सहमतिपत्रमै उल्लेख छ।

समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रमुख नेताका रूपमा रहनेछन्। समितिमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अनि नयाँ शक्तिबाट संयोजक डा.बाबुराम भट्टराई रहनेछन्। समितिले सहमतिका आधारमा निर्णय लिने समझदारी भएको छ।

समितिले पार्टी एकताको विस्तृत खाका र कार्यायोजना तयार पार्ने नेताहरूले बताएका छन्। सहमति हुन बाँकी विषयमा छलफल गर्दै अगाडि बढ्ने र वैचारिक बहसबाटैै नेपालको क्रान्तिलाई विकास गर्ने विषयमा पनि सहमति भएको छ। मंसिरको निर्वाचनलगत्तै बन्ने एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनैै पार्टीका नेता सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने निर्णय पनि उनीहरूले गरेका छन्।

एकता प्रक्रिया टुंगोमा नपुगेसम्म आआफ्ना विचारमा स्वस्थ बहस गर्न सकिने तर एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाउने गरी अंकुश लगाउने आन्तरिक आचारसंहिता पनि उनीहरूले बनाएका छन्।

– अहिले चुनावी तालमेल, चुनावपछि पार्टी एकीकरण

– ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन, ओली, दाहाल समितिका प्रमुख नेता

– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ नयाँ शक्तिलाई सहमतिका आधारमा निर्वाचन क्षेत्र, बाँकीमा एमाले ६० र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार उठाउने

– विचारमा स्वस्थ बहस गर्न, एकअर्काप्रति नकारात्मक टिप्पणी नगर्न आचारसंहिता निर्माण

– नयाँ शक्तिले एमालेकै सूर्य चिह्नमा चुनाव लड्ने, माओवादी केन्द्रले आफ्नै निर्वाचन चिह्न प्रयोग गर्ने

– अन्य वामपन्थी शक्तिलाई पनि एकता अभियानमा आउन आह्वान

यस्तो हुन्छ तालमेल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि पार्टी एकता सम्भव नदेखिएपछि सैद्धान्तिक सहमति जनाएका तीनैै पार्टीले निर्वाचनमा तालमेलको रणनीति बनाएका छन्। मंगलबारको सहमतिसँगै अब १६५ क्षेत्रको प्रतिनिधिसभा र ३३० क्षेत्रको प्रदेशसभाका प्रत्यक्षतर्फ तीनै दलले चुनावी तालमेल गर्नेछन्।

नयाँ शक्ति र अझै तालमेलमा आउन चाहनेका लागि समझदारीका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी बाँकी स्थानमा एमाले र माओवादी केन्द्रबीच ६०–४० प्रतिशतका आधारमा उम्मेदवार उठाउने सहमति भएको छ।

तीनै दलले संयुक्त चुनावी सभाहरू गर्नेदेखि साझा घोषणापत्रका आधारमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्नेसम्मका समझदारी पनि गरेका छन्।

निर्वाचन चिह्नमा विमति

पार्टी एकता गर्ने उद्देश्यसहित अगाडि बढेका एमाले र माओवादी केन्द्र आगामी निर्वाचनमा आआफ्नै चिह्न लिएर निर्वाचनमा सहभागी हुने भएका छन्। नयाँ शक्ति भने एमालेको सूर्य चिह्नबाटै निर्वाचनमा सहभागी हुनेछ। सूर्य चिह्नबाटै निर्वाचन लड्ने गरी सहमतिनजिक पुगे पनि माओवादी अध्यक्ष दाहाललाई पार्टीका नेताहरूले आफ्नै चिह्न प्रयोग गर्न र पहिचानको मुद्दा नछाड्न मंगलबार बिहानसम्म दबाब दिएका थिए। त्यसपछि दाहाल सूर्य चिह्नमै निर्वाचन लड्ने विषयमा पछि हटेका हुन्।

सोमबार भएको दुई दलको बैठकमा भने एमालेको निर्वाचन चिह्नमै निर्वाचन लड्ने गरी सझदारी भएको थियो। माओवादीले सूर्य चिह्नभित्र हँसिया, हथौडा राख्न चाहे पनि निर्वाचन आयोगले मतपत्र छपाइको काम थालिकेको र प्राविधिक कारणले सम्भव नहुने देखिएको थियो।

मंगलबार बिहान भने दाहाल पार्टी एकताअघिको निर्वाचनमा आआफ्नै चिह्नमा निर्वाचन लड्ने निर्णयमा पुगेका हुन्। अझै एकै चुनाव चिह्न प्रयोग गर्ने प्रयास जारी रहेको सहमतिपत्र घोषणासभामा एमाले अध्यक्ष ओलीले खुलाए। ‘बाबुरामजीले नेतृत्व गरेको पार्टी सूर्य चिह्नमै निर्वाचन लड्दै छ, अरू साथीहरू पनि यसमै लड्ने गरी सहमति खोज्ने हाम्रो प्रयास जारी छ’, ओलीले भने।

सहमतिपत्रमा हस्ताक्षरअघि बिहान तीनै दलका शीर्ष नेताहरूबीच ललितपुर मानभवनमा छलफल भएको थियो। त्यही छलफलमा जुटेको सहमतिका आधारमा उनीहरूले साँझ हस्ताक्षर गरेका हुन्।

के भने नेताहरूले

‘एकता र तालमेल कसैविरुद्द परिलक्षित छैन’

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका नेताले पार्टी एकताको प्रयास र चुनावी तालमेल कसैविरुद्ध परिलक्षित नभई देशको आवश्यकता अनि जनताको आकांक्षाका आधारमा निर्माण भएको बताएका छन्।

सहमतिपत्र घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सम्मुनत समाजवादको दिशामा देशलाई अगाडि बढाउने उद्देश्यका साथ पार्टी एकीकरण र चुनावी तालमेलको प्रक्रिया अगाडि बढेको बताए।

एमाले अध्यक्ष ओलीले योे एकताबाट कोही कसैलाई पनि आतंकित नहुन आग्रह गरे। ‘मलाई डर छ, निद्राको ट्याबलेट बढी बिक्ला कि भन्ने, कसैले डराउनुपर्दैन’, उनले भने, ‘हाम्रो एकता देशलाई समृद्धिमा लैजान, सुशासन कायम गर्न, शान्ति–सुरक्षा कायम गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हो। मंसिरपछि काठमाडौंका सहरमा पुसमा राति पनि महिलाहरू ढुक्क भएर हिँड्न सक्ने गरी देशलाई अगाडि बढाउन हो। यस्तोमा पीर किन मान्ने ? ’

उनले एउटै कम्युनिस्ट पार्टी देश र जनताप्रति समर्पित भएकाले सबैको अनुहारमा मुस्कान ल्याउन एकताको प्रयास गरेको बताए। ‘हामीले देशलाई कता लैजान चाहन्छौं ? राष्ट्रको सार्वभौमसत्ता, स्वाभिमानलाई सुरक्षित राख्न चाहन्छौं, त्यसकै लागि एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौं भन्ने सन्देश दिने प्रयास गरेका हौं’, उनले भने।

उनले विविधताभित्र पसेर धाजा फाट्ने प्रयास र काम भए पनि सफल हुन नसकेको उल्लेख गर्दै सामाजिक न्याय र समन्नुत नेपालका लागि अहिलेको प्रक्रिया अगाडि बढेको बताए। भूगोल, जात, पेसा, समुदायका आधारमा कसैमाथि पनि शोषण नहुने उनको भनाइ थियो।

उनले २०७४ सालमा ‘देशको जन्मकुण्डली’मै देशभक्त र वामपन्थीहरूको सरकार बन्ने कुरा लेखेको दाबी पनि गरे। उनले अब आफूहरूको ध्यान साधारण बहुमत नभई दुईतिहाइतिर रहेको बताए। छिमेक सम्बन्ध मैत्रीपूर्ण र बराबरीको हैसियतमा राख्न पनि अहिलेको एकता प्रक्रिया आवश्यक रहेको दलिल उनले पेस गरे।

‘संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएभन्दा एक शब्द पनि पर जाँदैनौं, पञ्चशीलको अवधारणाबाट एक शब्द पनि पर जाँदैनौं’, उनले भने, ‘स्वतन्त्र देशको हैसियतले छिमेक सम्बन्ध निर्माणका लागि पनि यो एकता आवश्यक भएको हो।’

उनले अहिले एकता संयोजन समिति मात्र बने पनि अझै धेरै मिहिनेत गर्नु बाँकी नै रहेको स्पष्ट पारे। ‘यो सुरुआत हो’, उनले भने, ‘नेपालमा अन्य आआफ्नो ताउलो बालेर बसेकाहरूले पनि ताउलो बसाल्न छोडेर यही अभियानमा आउन अपिल गर्छु।’

उनले एकता अभियानमा आउनेलाई सम्मान गर्ने उल्लेख गर्दै हिसाबभन्दा भावना र उद्देश्यमा आधारित भएर सोच्ने बताए। ‘अनेक पार्टी किन चाहियो ? आउनुहोस्, हामी सबै पार्टी मिलौं’, उनले भने। विगतमा ‘एउटा भूलचुक’ हुँदा पार्टी विभाजन भए पनि नटिक्ने भएपछि फेरि एकता भएको सुनाउँदै उनले अब भने विगतको जस्तो भूलचुक नहुने दाबी गरे।

माओवादी केन्द्रका अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकता र आकस्मिकताको द्वन्द्ववादबाटै परिघटनाहरू अगाडि बढ्ने उल्लेख गर्दै राजनीति सम्भावनाको खेल भएकाले नयाँ सम्भावनाको ढोका खुलेको जिकिर गरे। उनले पार्टी एकीकरणको प्रयास र चुनावी तालमेल कसैविरुद्ध परिलक्षित नभई राष्ट्र र जनताको पक्षमा भएको जिकिर गरे। ‘एकता प्रयास र निर्वाचनमा तालमेल कसैका विरुद्ध परिलक्षित छैन’, उनले भने, ‘यो नेपाल राष्ट्र र जनताको पक्षमा, स्वाधीनता र समृद्धिको पक्षमा छ। यसबाट कोही पनि भ्रमित हुनुपर्दैन।’

उनले अहिले आफूहरूले पार्टी एकीकरण कम्युनिस्ट पार्टीहरूबीच र चुनावी तालमेल भने परिवर्तन पक्षधर सबैसँग सम्भव भएसम्म गर्ने भनेको पनि खुलाए। ‘पार्टी एकता कम्युनिस्टबीच र चुनावी तालमेल परिवर्तन पक्षधर सबै पक्षसँग हुन्छ’, उनले भने, ‘मधेसी दल तथा लोकतान्त्रिक पक्षधरसँग पनि तालमेलको विषय खुला रहेको घोषणा गर्छु।’

उनले २१औं शताब्दीमा नेपालबाट समाजवादको नयाँ मोडेल तयार पारेर विश्वलाई सन्देश दिने उद्देश्यले एकताको प्रयास भएको भन्दै यसमा कसैलाई पनि संकोच नमान्न आग्रह गरे। शान्ति प्रक्रिया र बृहत् शन्ति सम्झौतादेखि नै आफूले ‘निरन्तरतामा क्रमभंगता’को कुरा गर्दै आएको स्मरण गर्दै उनले अहिलेको एकता प्रयास पनि त्यही निरन्तरताको क्रमभंगता भएको बताए। उनले १० वर्षअघि नै पार्टी एकताका लागि दस्तावेज तयार पारे पनि परिस्थिति परिपक्व हुन नसक्दा अधुरै रहेको सुनाए। त्यही अधुरो काम अहिले पूरा गर्ने अभियानमा अगाडि बढेको उनको भनाइ थियो।

नयाँ शक्तिका संयोजक भट्टराईले सम्मुनत समाजवादको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ एकीकरणको महसुस गरेको बताए । उनले इन्द्रधनुषरूपी बलियो राष्ट्रिय एकता कायम गर्ने, स्पष्ट बहुमत होइन, दुईतिहाइ ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय व्यवस्थामा संविधान संशोधन गर्ने गरी सहमति भएको बताए। ‘यो ऐतिहासिक परिघटना हो, यसले आगामी केही महिनाभित्रै बृहत् ध्रुवीकरण गरेर देशलाई नयाँ अध्यायमा लैजानेछ’, उनले भने।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकार अब के हुन्छ ?
Next Article कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

57 years ago
काठमाडौँ - KTMराजनीति

आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापति देउवा

57 years ago
काठमाडौँ - KTMराजनीति

नेकपाका नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ लिने

57 years ago
काठमाडौँ - KTMराजनीति

कम्युनिष्ट सरकार आए रुन पनि पाइँदैन भनेको थिए : देउवा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?