By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा

साझासवाल
Last updated: October 4, 2017 2:28 am
साझासवाल
4 Min Read
Share

असोज १८, काठमाडौं । कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्रसुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए। दाहालको सो आग्रहका साथै एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ। प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ।

कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्। यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ। निर्वाचन अब ५४ दिन मात्र बाँकी छ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताएको स्रोतले जनाएको छ। माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीचको भेटसमेत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुने तालमेलमा केन्द्रित भएको थियो। यादवले दाहाललाई प्रदेश नम्बर २ मा कांग्रेस आफ्नो पार्टीलाई हराउन लागेका कारण त्यसविरुद्ध आफूहरू रहेको जानकारीसमेत दिएको माओवादी स्रोत बताउँछ।

कांग्रेसका नेताहरूको अनौपचारिक बैठकलगत्तै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री देउवालाई भेटी प्रजातान्त्रिक मोर्चाका लागि कांग्रेसले निर्णय गर्नुपर्ने बताएको बालुवाटार स्रोतले बतायो। देउवाले मंगलबार नै राजपा अध्यक्ष महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका केही नेतासँग पनि सम्पर्क गरेका थिए। कांग्रेस नेता रमेश लेखकले एमाले र माओवादीबीचको चुनावी तालमेलले कांग्रेसको परिणाममा तात्विक भिन्नता नरहने दाबी गरे। ‘मंगलबार भएको एमाले–माओवादी सहमति प्रजातन्त्रका लागि खतरा हो’, नेता लेखकले भने, ‘कांग्रेसको काम निर्वाचन गराउनु र प्रजातन्त्र बचाउनु हो।’ कांग्रेसले दुई शक्तिको एकता प्रयासलाई ध्यान दिँदै विशेष चुनावी नीति तय गर्नेमा दुईमत नरहेको उनले बताए।

‘वाम एकता आवश्यक होइन’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीबीचको सहमतिलाई सकारात्मक भनेका छन्। भने, ‘यो प्रयासले पूर्णता पाओस्।’ यो सहमतिमा फोरम सहभागी हुने÷नहुनेबारे अहिले नै केही भन्न नसक्ने उनले बताए। भने, ‘यस्तो कार्यका लागि बृहत् परामर्श आवश्यक छ, परामर्श नै प्रारम्भ नभईकन केही भन्नुहुँदैन।’

राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता शरत्सिंह भण्डारीले एमाले–माओवादी तालमेल घोषणालाई अप्रत्याशित भन्दै यसको उद्देश्य राम्रो नरहेको बताए। भने, ‘यो कार्यले मुलुकलाई विभाजनतर्फ लग्नेछ, राष्ट्र र एकतामा अप्ठेरो पार्छ।’

कांग्रेसका युवा नेता गगनकुमार थापाले एमाले–माओवादी एकता आवश्यक नरहेको टिप्पणी गर्दै नटिक्ने दाबी गरे। लामो समयपछि कम्युनिस्टहरू लोकतान्त्रिक भए, त्यो दीर्घकालीन हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको नेता थापाले बताए। ठूला दुई कम्युनिस्टहरू एक हुँदा पुनः कम्युनिस्ट राज्य हुने त होइन भन्ने चिन्ता र चासो सर्वत्र हुनु स्वाभाविकै रहेको उनको भनाइ छ। ‘चुनावअघि वा पछि कहीं न कहीं यो एकता भत्किन्छ’, उनले भने, ‘यो चुनावी हिसाबमा मात्र हो, मुलुकको आवश्यकता होइन।’ कांग्रेस नेतृत्व सच्चिने, जनताको पार्टी बनाउने असवरका रूपमा आफूले वामपन्थी सहमतिलाई लिएको उनले बताए।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाका अनुसार विस्तृत शान्ति सम्झौताका पक्षधर कांग्रेस र माओवादी एकसाथ आगामी निर्वाचनसम्म जान सकेको भए राम्रो हुन्थ्यो। त्यो नभएकोमा आफू दुःखी भएको उनले बताए। भने, ‘अब कांग्रेसले बृहत् प्रजातान्त्रिक एकताको पहल गर्नै पर्छ। त्यो पहलले वाम एकतालाई चुनौती दिन सक्छ।’

फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले अप्रत्याशित रूपमा भएको वाम एकता टिक्ने आधार नभएको बताए। भने, ‘यो सहमति टिक्दैन, बरु भत्कन्छ।’ कांग्रेसले बृहत् प्रजातान्त्रिक एकता कायम गर्न पहल गर्नुपर्ने उनले बताए। राप्रपा नेता दिलनाथ गिरीले एमाले र माओवादीबीचको सहमतिले प्रजातन्त्रलाई गम्भीर खतरामा पु¥याउने बताए। आफूहरूको चुनावी एकता राजा, हिन्दू धर्मप्रति जो निकट रहन्छ, त्यससँगै हुने जानकारी उनले दिए। -अन्नपुर्ण पोष्ट दनिक

Share This Article
Facebook Email Copy Link Print
Previous Article यसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
Next Article आफ्नै पार्टीको निर्णयप्रति कार्यकर्ता एकअर्काको खुलेर विरोध गर्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

कोरोना संक्रमणको कहर: फ्रान्समा देशभर लकडाउन

57 years ago
काठमाडौँ - KTMसमाज

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

57 years ago
काठमाडौँ - KTMटिप्स

निमोनिया भनेको के हो ? यसका लक्षण र बच्ने उपाय यस्ता छन्

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सोमबार सुनचाँदीको भाउ कति छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?