2026-09-22 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीको ६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या

असोज १८, काठमाडौँ । सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । 

तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । केही व्यक्ति फरार रहेकाले घटनाको अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

६ किलो सुन लुकाएको आरोपमा तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

चीनबाट रसुवागढी नाका हुँदै ल्याइएको १८ किलो सुन मोटरसाइकलमा लुकाएर बोक्ने जिम्मा तामाङलाई दिइएको थियो । तर, उनले १८ मध्ये १२ किलो मात्र दिई ६ किलो सुन लुकाएको आरोप तस्करीमा संलग्न व्यक्तिहरूले लगाएका थिए ।

६ किलो सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो