२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप

२०७४, १९ आश्विन बिहीबार ११:०५

असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । 

बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रेसको गतिविधिमा क्रियाशिल रहेको उल्लेख गरेका छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दा समेत क्षतविक्षत भएका घरहरु पूर्ननिर्माण भएका छैनन् । पीडितको पीडा सम्बोधनमा ठोस पहल भएको छैन् । यसप्रति पहल र कार्ययोजनामा लाग्नुको साटो पदीय मर्यादा भुलेर सरकारी स्रोतसाधनको दुरुयोग गरी हिडेकोप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।' विज्ञप्तीमा भनिएको छ ।

सरकारी साधनको दुरुपयोग गरी स्थानीय तह निर्वाचनमा समेत डा.पोख्रेल जिल्लामा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भएको चार दलले आरोप लगाएका छन् । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी पदीय जिम्मेवारीबाट अलग नभई पार्टीका गतिविधिमा हिड्नु निर्वाचन आचारसंहिता विपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विषयलाई गम्भीरतापूर्वक नलिएमा उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी सम्वन्धित पक्ष हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा डा.पोख्रेल दुई पटकसम्म नियुक्त भएका हुन् । उनी यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन् । 

नेपाली कांग्रेस प्यूठानले आउँदो संघको निर्वाचनमा जिल्लाबाट पोख्रेललाई उम्मेदवार उठाउने तयारी थालेको छ । कांग्रेस स्रोतका अनुसार जिल्लाबाट पोख्रेलको मात्र नामावली केन्द्रमा सिफारिस गरिएको बुझिएको छ । दसैं मनाउन गृहजिल्ला प्यूठान आएका डा.पोख्रेल अझै फर्केका छैनन् । -अन्नपुर्ण अनलाइनमा खबर छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने